सुडानमा सैन्य विमान दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु
बुधबार, १४ फागुन २०८१, १५ : २९

खार्तुम । सुडानमा एउटा सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । ओमदुरमन सहरमा भएको दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको बताइएको छ ।
एन्टोनोभ विमान मंगलबार ओमदुरमनको उत्तरमा रहेको वादी सय्यदना एयरबेसबाट उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको सैन्य तथा स्वास्थ्य अधिकारीहरूले बुधबार एक संक्षिप्त विज्ञप्तिमा भनेका छन् । ओमदुरमान राजधानी खार्तुमको भगिनी सहर हो ।
विज्ञप्ति अनुसार दुर्घटनामा सैन्य कर्मचारी र सर्वसाधारणको मृत्यु भएको छ । दुर्घटना के कारणले भयो भन्ने कुरा पनि विज्ञप्तिमा बताइएको छैन । यसैबिच, स्वास्थ्य मन्त्रालयले कम्तीमा १९ जनाको मृत्यु भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसकारण आउट भएर पेभेलियन फर्कँदै गरेका रिकेल्टनलाई फेरि ब्याटिङ गर्न बोलाइयो
-
हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार
-
सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत
-
७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट