सुनिताले मागेकी थिइन् गोविन्दासँग सम्बन्धविच्छेद ?

नयाँ दिल्ली । बलिउड अभिनेता गोविन्दा र पत्नी सुनिता आहुजाको वैवाहिक जीवनमा दरार आएको खबरले फ्यानहरू दुःखी छन् । ३७ वर्षको वैवाहिक जीवन बिताइसकेको यो जोडीले सम्बन्ध विच्छेद गर्न लागेको अफवाह चर्किएको छ ।
गोविन्द र सुनिता कहिल्यै अलग हुन नसक्ने अभिनेताका परिवारका केही सदस्यले भनी पनि रहेका छन् । यसैबिच गोविन्दका वकिल तथा पारिवारिक साथी ललित बिन्दलको बयान बाहिर आएको छ ।
इन्डिया टुडेसँगको कुराकानीमा ललितले सुनिताले केही द्विविधाका कारण ६ महिनाअघि सम्बन्ध विच्छेदको लागि निवेदन दिएको खुलासा गरे । तर अब यो जोडीले आफूबिचको मतभेद सल्टाइसकेको बताइएको छ । दुवैजना एक अर्काको साथमा खुसी रहेको उनले बताए ।
नयाँ वर्षमा अभिनेता र पत्नी नेपाल घुम्न गएको र अहिले उनीहरूबिच सबै कुरा ठिक रहेको ललितले भने । कपलका बिचमा यस्ता कुरा भइरहने तर गोविन्दा र सुनिताको सम्बन्ध बलियो रहेको र तिनीहरू सधैँ सँगै हुने उनले बताए ।
सँगै बस्छन् गोविन्द र सुनिता
गोविन्द र सुनिता छुट्टाछुट्टै अपार्टमेन्टमा बस्ने खबरको पनि ललितले खण्डन गरेका छन् । सांसद बनेपछि गोविन्दाले आधिकारिक कामका लागि नयाँ बङ्गला किनेको र यो बङ्गला अभिनेताको फ्ल्याटको ठिक सामुन्ने भएको उनले बताए ।
गोविन्दाले धेरैपटक मिटिङ गर्नुपर्ने भएकोले कहिलेकाहीँ उनी नयाँ बङ्गलामा नै सुत्ने तर यो जोडी सधैँ सँगै रहँदै आएको उनको भनाइ थियो ।
कसरी बिग्रियो त कुरा ?
पोडकास्ट र सार्वजनिक उपस्थितिमा सुनिताको अपूर्ण बयानका कारण कुरा अगाडि बढेको ललितले बताए । मानिसहरूले आफ्नो सुविधा अनुसार यो कुरालाई उठाएको अनि अभिनेताको दम्पतीविरुद्ध प्रयोग गरेको ललित भन्छन् ।
‘मलाई गोविन्दा जस्तो श्रीमान् चाहिँदैन । मलाई गोविन्दा जस्तो छोरा चाहिन्छ’ एक पटक सुनिताले भनेकी थिइन् । ‘गोविन्दा आफ्नो भ्यालेन्टाइनसँग छ’ भनेर सुनिताले भनेकी थिइन् । सुनिताले यो भन्दा गोविन्दा आफ्नो काममा व्यस्त छन् भन्ने खोजेको तर मानिसहरूले उनको कुरालाई बङ्ग्याएर प्रसार गरेको पनि ललितले बताए ।
तर यो जोडी सधैँ साथै रहने र यिनीहरूबिच कुनै सम्बन्ध विच्छेद नहुनेमा आफू आश्वस्त रहेको उनले भनेका छन् । गोविन्दा र सुनिताले १९८७ मा बिहे गरेका थिए । दम्पतीका एक छोरा र एक छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत मसान्तसम्म भन्सार विन्दुबाट तीन खर्ब ४३ अर्ब राजस्व संकलन
-
ट्यारिफको पीरले डीएचएलले रोक्यो अमेरिकामा उच्च मूल्यका सामानको डेलिभरी
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
सुरेन्द्र यादव पक्राउपछि विरोधमा उत्रिए निलम्बित उपाध्यक्ष, १० बुँदे धारणा सार्वजनिक
-
सुनको मूल्यले रेकर्ड बनाएको दिन न्यूरोडका पसलमा यस्तो देखियो (फोटो फिचर)
-
पोप फ्रान्सिसको निधन