यही वर्ष सुरु हुने भयो रणवीर सिंहको डन–३

नयाँ दिल्ली । बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरले डन–३ बनाउँदै छन् । डन–२ मा शाहरुख खान लिड रोलमा थिए । डन–३ मा भने रणवीर सिंहले डनको भूमिका निर्वाह गर्दैछन् ।
फिल्मको घोषणा भएदेखि नै फ्यानहरू कहिले हलमा आउला भनेर उत्साहित छन् । तर लामो समयदेखि फिल्मबारे कुनै नयाँ जानकारी नआउँदा फ्यानहरू निराश भइरहेका थिए । यसैबिच फरहान अख्तर आफैँले फिल्म डन–३ बारे अपडेट दिएका छन् ।
शाहरुखको ठाउँमा रणवीर नयाँ डन
फिल्म डन–३ मा शाहरुख खान नभएर रणवीर सिंह डनको भूमिकामा देखिनेछन् । मेकरहरूले फिल्मको एउटा टिजर पनि रिलिज गरेका छन्, यसमा रणवीर सिंह नयाँ डनको भूमिकामा देखिनेछन् । तर टिजरबाहेक डन ३ बारे अरु कुनै अपडेट आएको थिएन । यस्तोमा फिल्म रोकिएको अफवाह पनि चल्न थालेको थियो । तर अब भने फरहान अख्तरले एक अन्तरवार्तामा डन ३ पूरै ट्र्याकमा रहेको बताएका छन् । फिल्म न त रोकिएको न त यसमा ढिलाइ हुने उनले स्पष्ट बताएका छन् । ‘म कुनै पनि प्रश्नको उत्तर दिन आनाकानी गर्ने छैन । डन ३ यस वर्ष सुरु हुँदैछ र अर्को वर्षको अन्त्यतिर रिलिज हुनेछ,’ अन्तरवार्तामा उनले भनेका थिए ।
रणवीर–कियाराको जोडी
डन ३ मा रणवीर सिंहसँगै कियारा आडवाणी मुख्य भूमिकामा देखिने छिन् । मिडिया रिपोर्टका अनुसार ‘१२वीं फेल’ स्टार विक्रान्त मेस्सी पनि फिल्ममा देखिन सक्छन् । फिल्मको छायांकनको खबर सुनेर फ्यानहरू धेरै खुसी छन् र फिल्मको रिलिजको पर्खाइमा छन् ।
अन्तरवार्तामा फरहान अख्तर डन ३ बाहेक आलिया भट्ट, प्रियंका चोपडा र कट्रिना कैफ अभिनीत आफ्नो आगामी फिल्म ‘जी ले जरा’को पनि घोषणा गरेका थिए । पहिलो पटक यी तीन अभिनेत्रीहरूले सँगै काम गर्नेछन् । अहिलेका लागि यो फिल्म होल्डमा भएको फरहानको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र र धवललाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको अल्टिमेटम
-
३१ वर्षअगाडिको भ्रष्टाचार मुद्दामा भारतमा पूर्वमन्त्रीसहित पाँच जनालाई जेल सजाय
-
शार्फु–४ मा पहिलो पटक मानव पाइला
-
राजावादीको समर्थनमा निकालेको विज्ञप्तिबाट ‘ब्याक’ हुँदै ‘प्रबुद्ध’हरू
-
छत्तीसगढमा भारतीय सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा १६ माओवादीको मृत्यु
-
पाटनमा एउटामात्र घोडा कुदाएर मनाइयो घोडेजात्रा