देशका यी सात स्थानको वायु प्रदूषित

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशका सात स्थानको वायु प्रदूषित बनेको छ । वातावरण विभागको बुधबार दिउँसो २ बजेको रेकर्डअनुसार काठमाडौँ उपत्यकाको चारसहित देशका सात स्थान अस्वस्थकर छन् ।
उपत्यकाको शंखपार्क, खुमलटार, भैँसेपाटी, भक्तपुरसहित काभ्रेको धुलिखेल, चितवनको भरतपुर र कैलालीको धनगढीको वायु अस्वस्थकरको सूचीमा छ । यी स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ११४ देखि १८१ पुगेको छ ।
उपत्यकाको शंखपार्क एक्यूआई १५७, खुमलटारको एक्यूआई ११४, भैँसेपाटीको एक्यूआई १८१ र भक्तपुरको एक्यूआई ११४ रहेको छ । यस्तै, धनगढीको एक्यूआई १५०, भरतपुरको एक्यूआई १५१ र धुलिखेलको एक्यूआई ११७ रहेको विभागको तथ्याङ्क छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० ‘अस्वस्थकर’ हुन्छ । यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दामाथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनले बानेश्वरमा सडक आवागमन प्रभावित, तस्बिरहरू
-
काम नलाग्ने वार्तामा हामी सहभागी हुँदैनौ : अध्यक्ष सुवेदी
-
अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु
-
६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)
-
शिक्षक नेताहरूलाई वार्तामा जाँदा आफ्नै आन्दोलनरत शिक्षकहरूबाट डर !
-
एलओडी बन्यो विश्वकै ४४ औँ उत्कृष्ट क्लब