थाइल्याण्डमा ‘ब्रेक फेल’ भएसँगै बस भीरबाट खस्यो, १८ जनाको मृत्यु

थाइल्याण्डको बैङ्ककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये एउटा बस दुर्घटना भएको हो।
“दुर्घटनामा १७ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो,” प्रहरी लेफ्टिनेन्ट कर्णेल सिवापास फुरीप्चाइबुन्चुले भने ।
उनले भने, “हामीले चालकलाई सोधपुछ गर्दा बसको ‘ब्रेक फेल’ भएका कारण सडकबाट भीर हुँदै निकै तल खसेको उनले बताएका छन्। थप अनुसन्धान भइरहेको छ ।”
बस दुर्घटना हुँदा बसमा ४९ जना सवार रहेको र घाइतेहरुलाई उपचारका लागि दुई वटा अस्पतालमा लगिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार थाइल्याण्डमा सडक सुरक्षाको सबैभन्दा खराब रेकर्ड छ । यहाँ हरेक वर्ष लगभग २० हजार व्यक्तिको सडक दुर्घटनाका कारण मृत्यु हुन्छ ।
पूरानो र असुरक्षित सवारी साधन र चालकको लापर्बाही सडक दुर्घटनाको प्रमुख कारक मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानले बनायो हालसम्मकै विशाल स्कोर, यूएईसामु ३६० रनको लक्ष्य
-
आन्दोलनमय राजधानी: अस्तव्यस्त सडक, मारमा जनता
-
सेनाको नक्कली पोसाक लगाई डर देखाएर जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान
-
खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य
-
दलहरुबीचको सहकार्यबाटै गणतन्त्रको रक्षा गर्न सकिन्छः बाबुराम