राजनीति
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक
बुधबार, १४ फागुन २०८१, १९ : २५

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । फागुन १८ गते आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले सचिवालय बैठकका एजेन्डा तय गर्न फागुन १७ गते शनिबार केन्द्रीय कार्यालय बैठक बस्नेछ । केन्द्रीय कार्यालयमा महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरु रहने गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र परेको अवस्थामा एमालेले बैठक बोलाएको हो ।
पूस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भुमिलगायत विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेश हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?