उडिरहेको विमानमा एक यात्रीको मृत्यु, शवसँगै चार घण्टा बसेका अर्का यात्री के भन्छन् ?

काठमाडौँ । उडिरहेको विमानमा अचानक कुनै यात्रीको मृत्यु भएको खण्डमा के गरिन्छ भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ । यस्तो अनुभव भोग्नु नपरोस् भन्दाभन्दै पनि कहिलेकाहीँ झेल्नुपर्ने हुन सक्छ ।
हालै मेलबर्नबाट दोहातर्फ जाँदै गरेको कतार एयरवेजको उडानमा एक महिला यात्रीको स्वास्थ्य अवस्था अचानक बिग्रियो । चालक दलका सदस्यले विभिन्न प्रयत्न गर्दा पनि ती महिलालाई बचाउन सकेनन् ।
उडानकै क्रममा ती महिला यात्रीको मृत्यु भएपछि शवलाई बिजनेस क्लासतर्फ लैजान चालक दलका सदस्यले प्रयास गरे । साँघुरो बाटो र शवको वजन बढी भएका कारण यो प्रयास सफल हुन सकेन ।
सोही विमानमा सवार मिशेल रिङ्ग र जेनिफर कोलिन बसेकै छेउमा दुई सिट खाली थिए । चालक दलका सदस्यले उनीहरूलाई खाली सिटमा पठाएर उनीहरू बस्दै आएको सिटमा शव राखिदिए ।
त्यसपछि चार घण्टासम्म शवका साथ आफूहरूले विमानमा यात्रा गर्नु परेको रिङ्गले बताए । यो आफ्नो जीवनकै सबैभन्दा खराब अनुभव रहेको उनको भनाइ थियो ।
कतार एयरवेजले उडानका क्रममा निधन भएका यात्रुका परिवारप्रति आफ्नो समवेदना रहेको जनाएको छ । उक्त घटनाबाट भएको असुविधाप्रति खेद प्रकट गरेको पनि एयरवेजले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
-
मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित
-
कैलालीमा नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु
-
कतारलाई हराउँदै कुवेतको नेपालसँग अंक बराबर
-
शीर्ष स्थानमा रहेको गुजरातलाई लखनउको चुनौती