अमेरिकी विमानस्थलमा यसरी टर्यो अर्को दुर्घटना

वासिङ्टन डीसी । मंगलबार बिहान अमेरिकाको शिकागोस्थित मिडवे विमानस्थलमा पाइलटको सुझबुझले दुई विमान ठोक्किने स्थिति टरेको छ ।
साउथवेस्ट एयरलाइन्सको विमान विमानस्थलमा अवतरण गर्ने प्रयास गरिरहेको बेला अर्को विमान, च्यालेन्जर ३५० निजी जेट धावनमार्ग पार गर्दै थियो । यतिबेला साउथवेस्ट एयरलाइन्सको विमान जमिनबाट ५० फिट मात्रै माथि थियो । अगाडि अर्को विमान उड्न लागेको देखेपछि पाइलटनले अचानक विमानलाई माथितिर लगे । पछि विमानलाई पाइलटले शिकागो विमानस्थलमा सुरक्षित अवतरण गरे ।
संघीय उड्डयन प्रशासनले यस मामिलामा अनुसन्धान गरिरहेको छ । दोस्रो विमान अनुमति बिना धावनमार्गमा छिरेको बताइएको छ ।
मिडवे एयर ट्राफिक कन्ट्रोलले निजी जेटका पाइलटलाई रनवेबाट टाढा रहन कम्तीमा नौ पटक चेतावनी दिएका थिए, तर पाइलटले ती निर्देशनहरूलाई बेवास्ता गरेको बताइएको छ । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घटना बिहान ९ बजेको हो ।
पछिल्लो केही हप्तायता अमेरिकामा एक पछि अर्को गर्दै कयौँ विमान दुघर्टना भइरहँदा दुघर्टना टरेको खबर राहतको कुरा बनेको छ । डिसेम्बरको अन्त्यता मात्रै मान्छेहरूको ज्यानै जानेगरी अमेरिकामा पाँच वटा हवाई दुघर्टना भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
-
आन्दोलनरत शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’
-
अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री
-
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी
-
देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिबद्ध छु : शिक्षामन्त्री