बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

यी चर्चित क्रिकेटरको खानपिन र व्यायामशैली

बुधबार, १४ फागुन २०८१, १२ : ३०
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । विभिन्न खेलका खेलाडीहरु आफूलाई चुस्त राख्न खानपान र शारिरीक व्यायाममा निकै ध्यान दिन्छन् । तर, हरेक खेलाडीले खानपिन र व्यायामका लागि आ–आफ्नै शैली अपाउँछन् । 

अन्य खेलका खेलाडीजस्तै क्रिकेटरहरुको पनि आफ्नै प्रकारको जीवनशैली हुन्छ । कुनै क्रिकेटर दिनमा एकपटक मात्र खाना खान्छन् भने कुनै क्रिकेटर आफूलाई स्वस्थ्य राख्न शाकाहारीसमेत बनेका छन् ।
यहाँ विश्वका केही चर्चित क्रिकेट खेलाडीहरुको जीवनशैली, खानपान र व्यायामशैलीको विषयमा उल्लेख गरिएको छ  : 
००
मोहम्मद शामी (भारत)
भारतका चर्चित क्रिकेटर हुन्, मोहम्मद शामी । ३४ वर्षीय शामी स्वस्थ्य रहन दिनमा केवल एकपटक भोजन गर्छन् । उनी ब्रेकफास्ट र लन्ज गर्दैनन् बरु, एकैपटक डिनर गर्छन् । उनले सन् २०१५ देखि दिनमा एकपटक मात्र भोजन गर्न थालेका हुन् । 
खानपिनको यो शैली अपनाएपछि आफूले स्वस्थ्य अनुभव गरेको उनी बताउँछन् । यसका अतिरिक्त, उनी गुलिया खानेकुरा र बजारमा पाइने जंक फुडबाट पनि टाढा रहन्छन् । ‘खानपिनको यो शैली अपनाउन सुरुमा केही समस्या भयो तर, अहिले बानी परिसकेको छ,’ उनी भन्छन् ।
००
विराट कोहली (भारत)
भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान हुन्, विराट कोहली । उनी भारतीय टोलीका पूर्वकप्तान पनि हुन् । ३६ वर्षीय विराटको पनि खानपिनको आफ्नै शैली छ । उनी पहिले माछा–मासुका शौकिन थिए । 

तर, अहिले उनी साकाहारी बनेका छन् । चिकित्सकको सल्लाह अनुसार आफू सन् २०१८ देखि साकाहारी बनेको उनी बताउँछन् । यसका अतिरिक्त उनी शारिरीक कसरतका लागि नियमित रुपमा जिम पनि जान्छन् । 
००
ग्लेन फिलिप्स (न्युजिल्यान्ड) 

ग्लेन फिलिप्स न्युजिल्यान्डको क्रिकेट टोलीका अलराउन्डर खेलाडी हुन् । उनी चर्चित स्पिनर हुन् । २८ वर्षीय ग्लेन फिलिप्स शारिरीक तन्दुरुस्तीमा निकै ध्यान दिन्छन् । त्यसैले उनी नियमित रुपमा जिम जान्छन् ।

उनी दिनमा कम्तिमा आठ सयपटक पुशअप गर्छन् । उनले नियमित रुपमा आफूले जिममा एक्सरसाइज गरिरहेको तस्बिर र भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गर्ने गरेका छन् । ‘म बरु खान बिर्सन्छु तर, जिम जान कुनै पनि हालतमा भुल्दिन,’ उनी भन्छन् ।
००
ग्लेन म्याक्सवेल (अस्ट्रेलिया)
ग्लेन म्याक्सवेल अस्ट्रेलियन क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान हुन् । विश्वभर लाखौँ समर्थक उनको आक्रामक ब्याटिङको कायल छन् ।  ३५ वर्षीय ग्लेन म्याक्सवेल पनि आफ्नो फिटनेशमा विशेष ध्यान दिन्छन् । 

उनी आफ्नो भोजनमा कम क्यालोरीको डाइट प्रयोग गर्छन् । ‘म महिले जंक फुडको निकै प्रयोग गर्थें । खानपिनको पनि निकै शौकिन थिएँ । तर, अहिले मैले आफ्नो खानपिन र जीवनशैलीमा निकै परिवर्तन ल्याएको छु । निकै कम क्यालोरी प्राप्त हुने डाइटमात्र प्रयोग गर्छु,’ उनी भन्छन् । 
००
मिचेल स्टार्क (अस्ट्रेलिया)

अस्ट्रेलियन टोलीका बलिङ अलराउण्डर हुन्, मिचेल स्टार्क । उनी टोलीका बायाँहाते तिब्रगतिका बलर हुन् । ३५ वर्षीय स्टार्कले अन्तर्राष्ट्रिय क्रिकेटमा सात सयभन्दा बढी विकेट लिइसकेका छन् । उनी आफ्नो शारिरीक तन्दुरुस्तीको रहश्य ‘कार्डियो’ भएको बताउँछन् । 
उनी नियमित रुपमा जिम जान्छन् । तर, जिममा वजन उठाउनेभन्दा पनि उनी कार्डियो बढी गर्छन् । ‘म नियमित रुपमा जिम जान्छु । तर, जिममा सबैभन्दा बढी कार्डियो गर्छु । त्यसले गर्दा मेरो शरिरमा बोसो जम्मा हुन पाउँदैन,’ उनी भन्छन् । 
००
अन्त्यमा, ऋद्धिमन साहको अचम्मको भौजन शैली

भारतीय क्रिकेटर ऋिद्धिमन साहको भोजन शैलीका कारण उनका सहकर्मीहरु पनि अचम्ममा पर्ने गरेका छन् । एक टेलिभिजन कार्यक्रममा चर्चित क्रिकेटर विराट कोहलीले ऋद्धिमन साहको खानपिन शैलीको बारेमा कुरा गरेका थिए । 

उक्त टेलिभिजन कार्यक्रममा क्रिकेटरहरुको खानपिन शैलीको बारेमा विराट कोहलीसँग कुराकानी गरिएको थियो । कुराकानीका क्रममा विराटलाई सोधिएको थियो, ‘भारतीय टोलीका कुन खेलाडीको खानपिन शैली सबैभन्दा फरक छ ?’

481320456_1409981353204998_2364343199958922595_n

त्यसको जवाफमा विराटले ऋद्धिमन साहको नाम लिएका थिए । विराटले ऋद्धिमनको खानपिन शैलीबाट आफू आश्चर्यमा परेको बताएका थिए । ऋद्धिमन रोटीसँग रसवरी (एक प्रकारको मिठाइ) खान रुचाउँछन् । 

‘एकपटक ऋद्धिमनले खाना खाँदा म पनि उनीसँगै थिएँ । उनको प्लेट रोटी, भात, रसवरी, बटर, चिकन र सलादले भरिएको थियो । उनी रोटीको सानो टुक्रामा सिंगै रसवरी राखेर निल्थे । उनको यो शैली देखेर मलाई अचम्म लागेको थियो,’ विराट भन्छन् । 

यसैगरी, क्रिकेटर ऋद्धिमन साहले दाल र भातसँग आइसक्रिम पनि खाने गरेको विराटले बताउँछन् । ‘उनी भात–दालसँग आइसक्रिम पनि खान रुचाउँछन् । वास्तबमै उनको खानपिन शैली गजबको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप