लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
बुधबार, १४ फागुन २०८१, १२ : २८

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको इतिहासमा लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र अस्ट्रेलिया हो । अन्य टोलीले लगातार दुई पटक उपाधि जित्न सकेका छैनन् ।
सन् २००६ मा च्याम्पियन्स ट्रफीको उपाधि अस्ट्रेलियाले जितेको थियो । अस्ट्रेलियाले फाइनलमा वेस्ट इन्डिजलाई हराएको थियो ।
त्यसलगत्तै सन् २००९ मा दक्षिण अफ्रिकामा आयोजित च्याम्पियन्स ट्रफीमा पनि अस्ट्रेलियाले नै उपाधि चुमेको थियो । अस्ट्रेलियाले त्यतिबेला फाइनलमा आफ्नो छिमेकी प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई हराएको थियो ।
यसका अतिरिक्त भारतले मात्र दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि जित्न सकेको छ । तर, भारतले फरक–फरक संस्करणमा उपाधि जितेको हो । भारतीय टोली सन् २००२ मा श्रीलंकासँगै संयुक्त रूपमा उपाधि विजेता बनेको थियो । त्यसपछि सन् २०१३ मा पनि भारतले उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण
-
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी