ट्रम्पसँगको भेटलाई म्याक्रोँले भने ‘टर्निङ प्वाइन्ट’, युक्रेन मुद्दामा हात हाली

वासिङ्टन डीसी । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ हालै अमेरिकाको भ्रमणमा गएका थिए । उनको यो भ्रमणको उद्देश्य रुस–युक्रेन शान्ति वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युरोपेली देशहरूको साथमा उभिन मनाउनु थियो ।
तर भ्रमणका क्रममा उनले यस मामिलामा ट्रम्प प्रशासनबाट कुनै ठोस आश्वासन पाएनन् । तर पनि ट्रम्पसँगको आफ्नो भेटलाई म्याक्रोँले एक महत्त्वपूर्ण मोड भनेका छन् ।
ट्रम्प दोहोरिएर राष्ट्रपति बनेपछि अमेरिका पुग्ने म्याक्रोँ पहिलो युरोपेली नेता थिए । युक्रेनमा रुससँग युद्धविराम सम्झौताको वार्तामा पुटिनसामु कमजोर नदेखिन म्याक्रोँले ट्रम्पलाई आग्रह गरेका छन् । मंगलबार मात्रै अमेरिकाले संयुक्त राष्ट्र संघको महासभामा युक्रेन प्रस्तावको विरुद्धमा रुसको समर्थनमा मतदान गरेको थियो ।
युक्रेनले आक्रमणको निन्दा गर्दै र युक्रेनबाट रुसले तुरुन्तै आफ्नो सेना फिर्ता बोलाउन माग गर्दै प्रस्ताव पेश गरेको थियो । युरोपेली देशहरूले यो प्रस्तावलाई समर्थन गरे, तर अमेरिकाले आफ्नो पुरानो नीतिको विरुद्धमा जाँदै रुसको समर्थनमा मतदान गर्याे ।
युक्रेनको मुद्दामा अमेरिका र युरोपेली देशहरूबीच मतभेद
म्याक्रोँको अमेरिका भ्रमणले युक्रेनको मुद्दामा युरोपेली देश र अमेरिकाबिचको मतभेदलाई झनै स्पष्ट बनेर आएको छ । म्याक्रोँ र ट्रम्प सञ्चारकर्मीहरूसँग कुरा गरिरहँदा युक्रेनलाई दिइएको आर्थिक सहयोगको बारेमा प्रश्न उठाइएको थियो । तब ट्रम्पले युरोपले युक्रेनलाई दिएको आर्थिक सहयोग ऋणको रूपमा दिइएको दाबी गर्दै युरोपले पनि युक्रेनबाट आफ्नो पैसा फिर्ता लिइरहेको बताएका थिए ।
यो सुनेर म्याक्रोँले ट्रम्पको हात समाउँदै उनको कुरा काटे अनि युरोपले युक्रेनलाई आर्थिक रूपमा सहयोग गरेको र युक्रेनले पाएको कुल आर्थिक सहयोगको ६० प्रतिशत युरोपेली देशहरूले दिएको भने ।
यसमा म्याक्रोँले उल्टै अमेरिकाले ऋणको रूपमा आर्थिक सहयोग दिएको आरोप लगाए । युक्रेनको लागि तयार पारिएको शान्ति प्रस्तावमा उसको सुरक्षा ग्यारेन्टी समावेश हुनुपर्नेमा म्याक्रोँले जोड दिएका थिए । शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु नहुने भन्दै सुरक्षा ग्यारेन्टी बिनाको युद्ध विरामको कुनै अर्थ नभएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामा राजश्व सङ्कलन ७ खर्ब २० अर्ब, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड
-
दुई हजार मत गन्न बाँकी रहँदै बारमा मिश्र प्यानलको जित सुनिश्चित
-
तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न
-
बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि
-
सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाललाई अख्तियारले समात्यो
-
सरकारको चालु खातामा १ खर्ब ८० अर्ब ८ करोड बचत