माओवादीको रेकर्डमा ९५० महिला सहिद, को हुन् पहिलो सहिद धनमाया ?

काठमाडौँ । धनमाया श्रेष्ठ नेकपा (माओवादी)ले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहकी पहिलो महिला सहिद भइन् । रुकुम जिल्लाको साविक महत गाविस–५ गुनाममा २०१९ सालमा जन्मिएकी श्रेष्ठलाई तत्कालीन शाही सुरक्षा कर्मीले २०५२ साल चैत ५ गते गोली हानी हत्या गरेको थियो । गाउँस्तरको महिला संगठनमा संगठित भएर वर्गसंघर्ष सक्रिय रहेकी उनी जीवन निर्वाहका लागि गाउँमै सानो व्यापार गरेर बसेकी थिइन् ।
पसलमा ऊन बुनिरहेको बेला सुरक्षाकर्मीले गिरफ्तार गरी नजिकै खोलामा लगेर गोली हानी हत्या गरेको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष अमृता थापाले बताइन् । श्रेष्ठ नै माओवादी जनयुद्धको पहिलो सहिद भएको थापाले बताइन् ।
२०५९ साल साउन ४ गते स्याङ्जामा इन्दिरा तिवारी (ज्योति)लाई सुरक्षाकर्मीले गोली हानी हत्या गरे । लेखनाथ नगरपालिका कन्दरी डाँडा कास्कीमा २०१४ सालमा जन्मिएकी तिवारीलाई संगठन कामको सिलसिलामा गिरफ्तारपछि हत्या गरिएको थियो । अखिल नेपाल महिला संगठन (क्रान्तिकारी)को केन्द्रीय सदस्य रहेकी उनी अनुभवी नेता थिइन् ।
२०५८ साल मंसिर १९ गते सुरक्षाकर्मीले नियन्त्रणमा लिएको केही समयमै जेलबाट बाहिर लगेर अर्का केन्द्रीय सदस्य सुमित्रा घिमिरे (प्रभा)को हत्या गरियो । रुपन्देहीको सालझण्डीमा जन्मिएकी घिमिरेको दुई दाईले पनि युद्धमा ज्यान गुमाएका थिए ।
नुवाकोटकी कुमारी मगर(दीक्षा) २०५८ साल चैत २४ गते सुरक्षाकर्मीले आफू बसेको घर घेराहाली हत्या गरेका थिए । २०३८ सालमा जन्मिएकी उनी महिला संगठनको केन्द्रीय सदस्य थिइन् । मगरका श्रीमान्को पनि युद्धकै मैदानमा हत्या भएको थियो ।
२०२८ सालमा कैलालीको सुँगुरखालमा जन्मिएकी माया भाट(निरु)को २०५९ साल भाद्र ७ गते पार्टी कामकै सिलसिलामा घर आएका बेला सुरक्षाकर्मीले घेराहाली हत्या गरेको थियो । भाटका श्रीमान्लाई २०५५ साल साउन १७ गते हत्या गरिएको थियो ।
महिला संगठनको केन्द्रीय सदस्य रहेकी सीमा चौधरी(आस्था)को २०६० साल कात्तिक १९ गते बाँकेको बैजारीपुरमा गाउँमा घेराहाली हत्या भएको थियो । २०३९ सालमा बर्दियामा जन्मिएकी चौधरीको जेठो भाइको पनि २०६१ सालमा हत्या भएको थियो ।
२०३० साल फागुन २१ गते चितवनमा जन्मिएकी केन्द्रीय सदस्य शशिकला शर्मा(मुक्ति)को २०६० साल असोज २६ गते सुरक्षाकर्मीले निर्ममतापूर्व कुटपिट गरी गोली हानी हत्या गरेको थियो ।
सुदूरपूर्वी(मेची–कोशी) महिला आन्दोलन सशक्त नेतृत्व गर्दै आएकी जशोदा कन्दङवाको पार्टी कामको सिलसिलामा नै हत्या गरियो ।
पाल्पाको दोभानमा जन्मिएकी चुनु गुरुङ माओवादीको सांस्कृतिक मोर्चाबाट युद्धमा सहभागी भएकी थिइन् । युद्धकै मोर्चामा गुरुङ र उनका श्रीमान्् कृष्ण तिवारीको हत्या गरियो ।
चितवनकी शारदा श्रेष्ठ(रितु) संगीत क्षेत्रबाट युद्धमा सक्रिय भएकी थिइन् । २०३२ साल चैतमा जन्मिएकी उनलाई २०६० साल असार ३० गते तनहुँमा सरकारी सुरक्षाकर्मीद्वारा चरम यातना दिएर हत्या गरेको थियो । धनमायाबाहेक ९ जना अनेमसंघ(क्रान्तिकारी)बाट बलिदान दिने उच्च तहका नेतृ भएका संगठनले २०६२ साल चैत ५ गते प्रकाशन गरेको पुस्तक ‘महिला–सहिद गाथा’मा लेखिएको छ ।
माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र विद्रोह घोषणा गरेको थियो । जनयुद्धको पहिलो सहिद गोरखा बारपाक–८ का दिलबहादुर रम्तेल हुन् । पन्दु्रङस्थित ब्रह्माचारीणी निमाविमा अध्ययनरत रम्तेललाई २०५२ साल फागुन १४ गते सुरक्षाकर्मीले गोली हानी हत्या गरेको थियो ।
रम्तेलको सम्झनामा माओवादीले हरेक वर्ष फागुन १४ गते सहिद दिवस मनाउँदै आएको छ । सशस्त्र विद्रोहमा द्वन्द्वरत सत्ता र विद्रोही दुवै पक्षबाट १७ हजारले ज्यान गुमाएका मानिएको छ ।
तत्कालीन राज्यसत्ताबाट १२ हजारको हत्या भएको माओवादीले जनाएको छ । तीमध्ये २५ सय महिलाले जनयुद्धमा बलिदानी पाएका अध्यक्ष थापाले जानकारी दिइन् । यद्यपि महिला सहिदको तथ्यांक आफूसँग नभएको उनले बताइन् ।
‘जनयुद्धमा करिब २५ सय जना महिलाले सहादत प्राप्त गरेको अनुमान गरिएको छ । सबैको रेकर्ड राख्न सकिएको छैन । जनयुद्धमा आम रूपमा महिला सहभागी भएकाले त्यसको लेखाजोखा सम्भव छैन’, थापाले भनिन् ।
युद्धमा मारिएका मध्ये ९५० जना महिलाको मात्र अभिलेखीकरण भएको यो पुस्तक माओवादीको केन्द्रीय पुस्तकालय पेरिसडाँडामा भेटियो । माओवादीको केन्द्रीय कार्यालय, विभिन्न माओवादी घटकका, सहिद प्रतिष्ठान, जनवर्गीय संगठन कतै पनि विस्तृत विवरण भएको सामग्री भेटाउन सकिएको छैन ।
अध्यक्ष थापाका अनुसार युद्धमा सहभागी भएकामध्ये ४० प्रतिशत महिला जनमुक्ति सेनामा सहभागी भएर युद्ध मोर्चामा होमिएका थिए । मारिनेहरूमध्ये अधिकांश १५ देखि ३० वर्ष उमेर समुहका रहेका छन् । यही पुस्तकका आधारमा १० वर्षको युद्धमा महिला सहिदका नामावली आर्काइभमा राख्ने उद्देश्यका साथ प्रकाशित गरिएको छ ।
विशिष्ट क्षणमा बलिदान गर्ने महिलाहरू
लली रोका(रोल्पा), कुमारी बुढा(रोल्पा), सुनसरा बुढा(रोल्पा), कमला भट्ट(गोरखा), दिलमाया योञ्जन(रामेछाप), रेवती घर्ती(रोल्पा), फुलमाया बुढामगर(रुकुम), जुग्गन चौधरी(बर्दिया), कौशिला तमु(गोरखा), गौरी रावत(कालिकोट), डिला थापा(जाजरकोट), कल्पना नहर्की(गोरखा), मीना मरहट्ठा(गोरखा)
राप्ती क्षेत्रका विभिन्न जिल्लाबाट सहिद हुनेहरू
रोल्पाको गुमचाल गाविसको काभ्रेको सैन्य शिविरमा ४६ जनाको सामुहिक हत्या । रोल्पाबाट ७९ जना, रुकुम ६८ जना, सल्यानबाट २८जना, दाङबाट २१ र प्युठानबाट १४ जना महिलाको हत्या भएको थियो ।
रोल्पा
धनसरा पुन(रोल्पा), मनसरा रोका(रोल्पा), सुवानी पुन(रोल्पा), माया पुन(रोल्पा), वनमाला रोका(रोल्पा), हिमालसरी रोका(रोल्पा), दिना रोका(रोल्पा), नैनसरी पुन(रोल्पा), मायासरा रोका(रोल्पा), कमलपुरा पुनमगर(रोल्पा), देवीकला परियार(रोल्पा), रत्ना बुढाथोकी(रोल्पा), लालमती घर्ती(रोल्पा), गनु पुनमगर(रोल्पा), सविता सुवेदी(रोल्पा), विमला थापा(रोल्पा), रमिता महरा(रोल्पा), चित्रा बुढा(रोल्पा), रेवती बुढा(रोल्पा), जौवनसरी रोका(रोल्पा), सर्केनी पुन(रोल्पा), तेजकुमारी महरा(रोल्पा), पुरा रोका(रोल्पा), रामकुमारी रोका(रोल्पा), कटकरी रोका(रोल्पा), त्रिपना पुन(रोल्पा), चामसरी बुढा(रोल्पा), सविना घर्ती(रोल्पा), मुलजिता रोका(रोल्पा), कमरेड अपेक्षा(रोल्पा), अमरा घर्ती(रोल्पा), वीरमाली खत्री(रोल्पा), दोन्हा थकाली(रोल्पा), ननकला विक(रोल्पा), गुठी बुढा(रोल्पा), मीना खड्का(रोल्पा), इन्द्रा विक(रोल्पा), सरला बुढा(रोल्पा), दिलसरा रोका(रोल्पा), सुनमाया रोका(रोल्पा), तुवारी घर्ती(रोल्पा), साउनी घर्ती(रोल्पा), पुजा रोका(रोल्पा), काली बुढा(रोल्पा), खरी पुन(रोल्पा), निलमती पुन(रोल्पा), सुनमाया पुन(रोल्पा), देवी पुन(रोल्पा), दिलसरी पुन(रोल्पा), मनसरी पुन(रोल्पा), गुमा रोका(रोल्पा), साउनी पुन(पुन), पेरु घर्ती(रोल्पा), भूमिसरा पुन(रोल्पा), सर्जना थापा(रोल्पा), गंगा केसी(रोल्पा), निमा घर्तीमगर(रोल्पा), गौमती पुन(रोल्पा), नन्दा पुन(रोल्पा), मनकला विक(रोल्पा), मनलागी बुढा(रोल्पा), अनिता बुढा(रोल्पा), चित्रा बुढा(रोल्पा), दिलमाया पुन(रोल्पा), मनमाया सार्की(रोल्पा), गंगा विक(रोल्पा), मनकला परियार(रोल्पा), उषा बुढा(रोल्पा), कलमाया रोका(रोल्पा), हस्ता बुढा(रोल्पा), पोक्ची घर्ती(रोल्पा), दुर्गी महरा(रोल्पा), थुमा रिजाल(रोल्पा), कमला विक(रोल्पा), दुर्गा केसी(रोल्पा), मनु विक(रोल्पा), हिरादेवी बाठा(रोल्पा), सीता डाँगी(रोल्पा)
रुकुम
परम्परा गौतम, पवित्रा बुढामगर, सम्झना बिएम, कमला भण्डारी, लयनसरी बुढामगर, विनिता बुढामगर, ललिता बुढाथोकी, डिला रोका, अमृता पुनमगर, देउमती पुन, गीता बुढाथोकी, मनकला परियार, वरमाया विक, मनकला पुन, रुकमणि मल्ल, सीता पुन, सिर्जना पुन, तेजकुमारी बुढा, यमुना शर्मा, जवारी विक, भागपुरा घर्ती, कुमारी बुढा, टिकीकुमारी बुढा, रथसरा घर्ती, कालिमाया रोका, लालमाया रोका, हिरादेवी पुन, प्रवासी घर्ती, दिलमाया बुढा, धामी बुढा, रामकुमारी झाँक्री, दिलकुमारी पुन, उर्मिला बुढा, सुकमाया बुढा, फर्की विक, तेजपुरी घर्ती, राजकुमारी पौड्याल, सर्वेनी घर्ती, पुर्णिमा शाही, कमला चन्द, पिमा खड्का, दुजी विक, तुल्सी पौड्याल, सुनीता वली, विमला केसी, कौशिला विक, कमला पुनमगर, करुणा वली, लक्ष्मी पुन, विष्णु पुनमगर, रुपा शाही, गंगा घर्तीमगर, मनी बाठामगर, सीता वली, मीना पुनमगर, हिकी बुढामगर, सुवर्णा वली, तुलषा केसी, उषा पुनमगर, चन्दकला रावत, विष्णु पुनमगर, भद्रिका बुढामगर, रमा घर्तीमगर, मैसरी खड्का, तेजपुरी घर्तीमगर, डिलकुमारी पुनमगर, तरा बुढा, मीना पुनमगर
सल्यान
खला केसी, रिमकला भट्टराई, कमला भट्टराई, गंगा घर्ती, विमला पुन, कमला बुढाथोकी, दिलमाया डाँगी, कृष्ण एडी, निर्माला शाह, अनिता पुनमगर, चम्फाकुमारी पुनमगर, शान्ता पुन, पवित्रा राना, कुकी विक, हिरा पुन, शारदा चन्द, जितकुमारी पुन, मोदीसरा बस्नेत, निर्मला खड्का, लक्ष्मी पुन, प्रेमकला थापा, सुनिता विक, मीना विक, पार्वती वली, दोर्ण गिरी, कमरेड भावना, अनिता शर्मा, जानकी सुनुवार
दाङ
सानी चौधरी, कृष्णे चौधरी, मेनुका भुसाल, शान्ता चौधरी, सोनी चौधरी, अमृता चौधरी, धनाकुमारी घर्ती, सीता चौधरी, चन्द्रिका भट्टराई, माधवी बस्नेत, बिनाकुमारी वली, मीना घर्ती, निमा केसी, खेजी चौधरी, गीता घर्ती, कमरेड नवीना, माया चौधरी, मञ्जु केसी, सीता खनाल, रमुना परियार
प्युठान
राधा घिमिरे, कल्पना गिरी, रामप्यारी गिरी, नमा विक, मीना पुनमगर, अरुणा आचार्य, धर्मलाकुमारी थापा, सीता खनाल, टिका घर्ती, बसन्ता जिसी, कमला रायमाझी, डिला केसी, नौमती जिसी, कमरेड निता
भेरी कर्णाली क्षेत्रका जाजरकोटबाट ३४ जना, कालिकोटबाट ४६ जना, जुम्लाबाट २१ जना, बर्दियाबाट ३० जना, बाँकेबाट ३१ जना, दैलेखबाट १५ जना, सुर्खेतबाट १७ जना, हुम्लाबाट ५ जना, मुगुबाट ३ जना, डोल्पाबाट ४ जना र विस्तृत विवरण नखुलेका ६ जनाको हत्या भएको थियो ।
जाजरकोट
ममिता आचार्य, यमकुमारी खड्का, लिला विक, चम्फाकुमारी बुढा, जयन्ता घर्ती, कल्पना आचार्य, जुनकला बुढा, ममिता विक, अम्बिका आचार्य, लिला विक, शिला वली, धर्मशिला पुन, डिला थापा, कृष्णा थापा, पवित्रा घर्ती, विष्णा भण्डारी, मुक्तसरा खड्का, मिश्रि खड्का, वली थापा, रमिता बुढा, नैनसरा बुढा, प्रेमकला पुन, मनी परियार, पार्वती गौतम, तुलसी परियार, लिला विक, मनसरा खड्का, धनरुपा परियार, कल्सा शाही, कमरेड शारदा कमरेड कविता, चन्द्रा बुढामगर, तरा पुन, विमला रोकाय
कालीकोट
मैना वराल, मञ्जु बराल, कमरेड बसन्ता, धना उपाध्याय, चम्पा सहकारी, शुक्ला बराल, मैपुरा दर्जी, अतिरुपा बिष्ट, चरित्रा न्यौपाने, गोरीकला विक, थुङ्गा सेजुवाल, मीना शाही, धनपुरा योगी, पवित्रा बोहरा, राजु बिष्ट, अम्पुरा शाही, मन्ना तिरुवा, होइजाली रावत, जयपुरा शाही, विष्ना शाही, इशरा केसी, मन्ना विक, कला बुढा, गौरा फर्साल, कोसरा बोगटी, सिउता बटाला, विषमपुरा बम, वेदना रोकाय, कल्पना ठगुन्ना, मनपुरा सिंह, भुन्टी शाही, काली शाही, धनसरा विक, सलका सिंह, जमी शाही, पारु शाही, राधिका योगी, दिपा एडी, निर्मला केसी, तुलसी शाही, डोइली साउद, कमरेड सृष्टि, जयरुपा चौलागाईं, सुनपुरा बुढा, असुरा शाही, जानकी केसी
जुम्ला
सपना परियार, तिलाकन्या खत्री, लक्ष्मी न्यौपाने, पशुपति डाँगी, गोरी बुढा, बबिता शाही, शान्ति रावत, विर्षा हमाल, वीरी नेपाली, गौरीकला बुढा, विष्णुमाया खड्का, विष्णुमाया बुढा, मायादेवी आचार्य, लालकौडा नेपाली, बुद्धि रोकाय, अषाडी बोहरा, निर्मला न्यौपाने, गंगा भण्डारी, तिर्सना गौतम, उमा शाही, बन्दु चन्द
बर्दिया
आशा चौधरी, पुष्पा शर्मा, कल्पना चौधरी, शारदा चौधरी, गीता चौधरी, जुनकुमारी थापामगर, गंगारानी चौधरी, सीता चौधरी, शिवु चौधरी, पूर्णिमा चौधरी, गंगा चौधरी, रामरती चौधरी, असरानी चौधरी, सीता चौधरी, बसन्ती चौधरी, मञ्जु चौधरी, लहानी चौधरी, जमुना चौधरी, रुपाकुमारी चौधरी, विङला शर्मा, डिलाकुमारी चौधरी, आसारानी थारु, गोहनी चौधरी, कलावती चौधरी, निर्मला चौधरी, चौवी चौधरी, सीता चौधरी, सुसिला चौधरी, पर्देसनी चौधरी
बाँके
रिता वली, दमन्ती पुन, जुनकुमारी घर्तीमगर, कोपिला रानाभाट्, आशा कुमाल, मनिजा चौधरी, सुशिला दहिद, शारदा वली, शारदा चौधरी, कमला चौधरी, लक्ष्मी चौधरी, चम्फा परियार, हिमकला खत्री, चिजकुमारी भण्डारी, भूमिसरा खड्का, पवित्रा वली, बुद्धिमाया सापकोटा, मनशिला कुमाल, हितकला डिसी, कमरेड रचना, कल्पना कुमारी चौधरी, मञ्जुकमारी चौधरी, रिसमानिक चौधरी, कृष्मिकमारी चौधरी, सीताकुमारी चौधरी, माया चौधरी, जैकली खत्री, अरुणा आचार्य, जुनकुमारी घर्ती, मिलयनी चौधरी
दैलेख
डिला भण्डारी, भावना चन्द, सरस्वती थापा, सीता शर्मा, पवित्रा थापा, लक्ष्मी शाही, लक्ष्मी दर्लामी, सरस्वती विक, लक्ष्मी रिजाल, वीरमाकुमारी नेपाली, जानकी शाही, समीक्षा, तिलसरा बुढा, ललिसरा बुढा, विमाकुमारी धामी
सुर्खेत
भूमिसरा वली, भावना मल्ल, शान्ता पोखरेल, पूर्णिमा विक, डम्बर कुमारी गैरे, चन्द्रा विक, टिक खत्री, शशीकला बुढा, चित्रा वली, सीता बोहरा, कौशिला घिमिरे, विष्णा हमाल, कमरेड रमा, कुमारी गैरे, कमरेड रचना, तारा विक, रचना विक
हुम्ला
उपाल लामा, पेमा छेइताङ लामा, भोटेनी शाही, जुनुकुमारी रोकाय, दिपा लामा
मुगु
अनौठी थापा, कल्पना भाव, प्रेमा लामा
डोल्पा
निर्मला केसी, राजु बोहरा, धनसरी रोकाय, लिजिङ रोकाय
विवरण प्राप्त नभएका सहिद
प्रेमकला थापा, करुणा वली, गंगा, भत्रिका बुढामगर, सीता घर्ती, सुपारी परियार
सेती–महाकाली क्षेत्रका जिल्लाका सहिद
कैलालीबाट १८ जना, कञ्चनपुर ३५ जना, अछाम १६ जना, डोटी १३ जना, डडेलधुराबाट ९ जना, बैतडीबाट ५ जना, दार्चुलाबाट ५ जना, बझाङबाट ६ जना, बाजुराबाट १३ जनाको हत्या भएको थियो ।
कैलाली
इन्द्रा आचार्य, उर्मिला भट्टराई, लिलावती रावल, भगवती चौधरी, लक्ष्मीकुमारी कुश्मी, तारा गिरी, चन्द्रकला चौधरी, मायाकुमारी चौधरी, ममता चौधरी, गीताकुमारी चौधरी, डिला विक, प्रविनाकुमारी चौधरी, सन्तोलीकुमारी चौधरी, दीपा चौधरी, भागरति चौधरी, चन्द्रवती चौधरी, मुनासी चौधरी, आइतवारी चौधरी
कञ्चनपुर
सुनिता सापकोटा, मिलनसरा, सरस्वतीकुमारी चौधरी, शान्ति चौधरी, धनसम्पत्ति चौधरी, कमलाकुमारी दयालु, संगीता चौधरी, सन्तोषीकुमारी चौधरी, गोमतीकुमारी चौधरी, रातोकुमारी चौधरी, सुनाकुमारी चौधरी, ईश्वरीकुमारी चौधरी, सुशीला चौधरी, फुलमकुमारी चौधरी, मधु चौधरी, शान्तिकुमारी चौधरी, सावित्रिकुमारी चौधरी, लक्ष्मीदेवी चौधरी, अनिताकुमारी चौधरी, महालक्ष्मी चौधरी, फुलमकुमारी चौधरी, सन्तोषीकुमारी चौधरी, कलावतीकुमारी चौधरी, सीताकुमारी चौधरी, मायाकुमारी चौधरी, जुनाकुमारी चौधरी, जानकीदेवी चौधरी, मनपति साउद, सगुनीकुमारी चौधरी, उर्मिला, गस्पति चौधरी, अम्बरकला चौधरी, भानाकुमारी चौधरी, अनिता राना
अछाम
राधा सोडारी, शारदा शाह, कला बटला, टिउकी साउद, किश्थी धामी, मथुराकुमारी साउद, तुलसी बुढा, दुर्गादेवी भट्टराई, तुलसी रावल, अमृता परियार, नौरता चलाउने, मधुकुमारी साउद, निर्मला, विशु खड्का, रेखा विक, विन्द्रा सार्की
डोटी
सीता साउद, पशुपति विक, हरिकुमारी भण्डारी, सुशीलाकुमारी जैशी, मीना विक, निर्मला विक, पार्वती भट्ट, मंगलादेवी विक, चन्द्रकलादेवी जैशी, विस्नादेवी जैशी, पवित्रा भट्ट, दीपा घर्तीमगर, निर्मलादेवी चन्द
डडेलधुरा
मञ्जु राइना, पार्वती ताम्राकार, ललिता जोशी, सीताकुमारी नेपाली, भराकुमारी बोहरा, लक्ष्मीकुमारी धामी, अम्बिका कैनी, गोमा विष्ट, चाहना
बैतडी
निर्मला पौड्याल, लक्ष्मी भट्ट, क्रोधिका कुँवर, विमला कुँवर, कृष्णाकुमारी बम
दार्चुला
सुनकला महरा, कलावती बडाल, धन कुँवर, पार्वती थापा, निर्मला थापा
बझाङ
मिनाकुमारी विक, धौली विक, लक्ष्मी भण्डारी, भगवती सिंह, नरमा चौहान, मालकुमारी बोहरा
बाजुरा
रिचाकुमारी शाही, नरकला विष्ट, नरकला गिरी, सूर्जा शाही, लक्ष्मीझुला शाही, सुनकोशा विष्ट, जुना दमाई, रमा दमाई, अन्ना दमाई, चन्दु बोहरा, देवकुमारी धामी, भानाकुमारी बुढा, शारदा
गण्डक क्षेत्रमा भएका सहिद
गण्डक क्षेत्र अन्तर्गत स्याङ्जाबाट ५ जना, तनहुँबाट ११ जना, लमजुङबाट २३ जना, कास्कीबाट १० जना, बाग्लुङबाट ७ जना, म्याग्दीबाट ४ जना, रुपन्देहीबाट २ जना, अर्घाखाँचीबाट २ जना, गुल्मीबाट ४ जना, पाल्पाबाट ६ जना, नवलपरासीबाट ७ जनाको हत्या भएको थियो ।
स्याङ्जा
कुविजा पराजुली, अम्बिका नेपाली, यामकुमारी गुरुङ, शान्ति ढकाल, लक्ष्मी गुरुङ
तनहुँ
इन्दु अधिकारी, कलावती अधिकारी, कलावती पौडेल, गीता विक, सन्तोषी बराल, गीता विक, सपना अधिकारी, दिलमाया तमु, चिजा कुमाल, दिलमाया विक, पवित्रा कुमाल
लमजुङ
विनिता धिताल, अन्तिमाया तामाङ, गीता घिमिरे, म्हेन्दो तामाङ, सकुन्तला भट्टराई, हरिकला पौड्याल, कोपिला घिमिरे, चमेली भुजेल, धनकौरी तामाङ, पवित्रा पौड्याल, कल्पना नेपाली, राधिका विक, मनुमाया कुमाल, सीता अधिकारी, टेककुमारी थापामगर, टुकु तामाङ, प्रेमकला अछामी, पार्वती अछामी, रिना अधिकारी, उषा लामिछाने, पार्वती दवाडी, योमाया तामाङ, मिनु तामाङ
कास्की
दुर्गा पौड्याल, मुना अधिकारी, छलीमाया नेपाली, रीता नेपाली, शारदा सुवेदी, अस्मिता विक, धनकुमारी विक, अनिता परियार, उषा लामिछाने, वीरसुवा गुरुङ
बाग्लुङ
कृष्णाकुमारी घर्ती, लक्ष्मी विक, चादनी थापा, देवी किसान, सुशीला भट्टराई, फुलमाया विक, जमुना सुवेदी
म्याग्दी
सिर्जना खड्का, तरा पौड्याल, टिकाकुमारी घर्ती, हेमकुमारी विक
रुपन्देही
लिलावती भण्डारी, लक्ष्मी खरेल
अर्घाखाँची
कमला शर्मा, कमला नेपाली
गुल्मी
विना नेपाली, मीना पराजुली, राधिका भुसाल, मीना पराजुली
पाल्पा
माया घले, रुपा रावल, गंगा कुमाल, यमा विक, भीमाकुमारी विक, मनिसरा थापा
नवलपरासी
सञ्जु, फुलमाया सारु, जानकी राना, कविता भण्डारी, गायत्री खनाल, रमा राना, इन्द्रा गुरुङ
विशेष केन्द्रीय कमाण्ड पश्चिम क्षेत्रका सहिद
विशेष केन्द्रीय कमान्ड पश्चिम क्षेत्रअन्तर्गत गोरखाबाट ४७ जना, चितवनबाट १० जना, धादिङबाट ५ जना, नुवाकोटबाट १८ जना महिलाको हत्या भएको थियो ।
गोरखा
विमला भट्ट, सुजिता ति खत्री, सुनिता रम्तेल, विजुला बञ्जारा, कल्पना बञ्जारा, सरस्वती नहर्की, रीता बञ्जारा, राधिका अधिकारी, निर्माला पन्त, राममाया नेपाली, सिलसिला लामिछाने, पदमकुमारी बराम, जीवनकुमारी ढकाल, सरिता बोगटी, सुशीला विक, इन्द्रा थापा, विजुला सुनुवार, सुजिता ति खत्री, उमा न्यौपाने, धनदेवी श्रेष्ठ, नानु विक, गीता ढकाल, संगिता ढकाल, शान्ति श्रेष्ठ, विमला पोखरेल, सुनिता श्रेष्ठ, सुशीला दाहाल, यञ्जिला विक, सम्झना काराखेती, सावित्रा खनाल, मैती प्रजा, विमला ढकाल, रीता लामिछाने, मीनाकुमारी तमु, तरा पुडाशैनी, जुना रम्तेल, सिला आले, पम्फा कुमाल, रीता ढकाल, मिरा श्रेष्ठ, पार्वती पोखरेल, मिरु पोखरेल, कल्पना तमु, अनुपा पाण्डे, संगिता पोखरेल, कुमारी आले, विष्णु पराजुली
चितवन
जयन्ती कडेल, लक्ष्मी लामा, सीता विक, शशी रेग्मी, सुमित्र मुक्तान, जुना ढकाल, मीना चेपाङ, गौरी सापकोटा, तिला पौड्याल, तारा काफ्ले
धादिङ
उषा नेपाल, कल्पना श्रेष्ठ, सुमित्रा दंगाल, बिन्दा सुवेदी, सरला सापकोटा
नुवाकोट
गंगा लामिछाने, सन्तोषी नेपाल, सावित्री घिमिरे, गायत्री उप्रेती, सुशीला पाण्डे, तारा घले, उषा थापा, चञ्चला आलेमगर, विमला पौडेल, गीता थापा, कुमारी तामाङ, सिर्जना न्यौपाने, बिन्दा तामाङ, सरस्वती राई, आइतलक्ष्मी तामाङ, सन्चमाया तामाङ, श्रीजोम तामाङ, निलामाया तामाङ
विशेष केन्द्रीय कमाण्ड पूर्वी क्षेत्र
विशेष केन्द्रीय कमाण्ड पूर्वी क्षेत्रबाट सहिद हुनेमा काभ्रेबाट २३ जना, सिन्धुपाल्चोकबाट २९ जना, दोलखाबाट २६ जना, रामेछापबाट ८ जना, ललितपुरबाट २ जना छन् ।
काभ्रे
ठकुरानी बज्यु, मानकुमारी गोले, सभद्रा चौलागाईं, प्रेमकुमारी तामाङ, चिनीमाया लामा, राममाया बज्यु, पार्वती भुजेल, धनकुमारी गोले, पुनमाया माझी, रिमा रसाइली, बिन्दा चौलागाईं, सरला अधिकारी, लक्ष्मीमाया तामाङ, नरीमाया तामाङ, सीता तामाङ, माया तामाङ, ठुलीमाया थिङ, सुन्तली चन्द ठकुरी, माया तामाङ, कल्याणी रानामगर, कुन्दमान तामाङ, पुतली विक, विमला वाइवा
सिन्धुपाल्चोक
सावित्री चौलागाईं, तिर्थमाया वाइवा, लक्ष्मी पराजुली, शान्ति पराजुली, उर्मिला श्रेष्ठ, विमला श्रेष्ठ, आशा श्रेष्ठ, रीता पौड्याल, कमला बस्नेत, गायत्री श्रेष्ठ, विष्णुकुमारी आले, शुभद्रा सापकोटा, पवित्रा चौलागाईं, संगिता दनुवार, सविता सापकोटा, बिन्दा शर्मा, जुनुमाया तामाङ, मीना सापकोटा, डोल्मा तामाङ, शुभद्रा खतिवडा, शान्ति विक, माया तामाङ, सूर्यमाया श्रेष्ठ, कमरेड उषा
दोलखा
याङ्दी शेर्षा, निर्मला घिसिङ, कमरेड शर्मिला जिरेल, उमादेवी केसी, जालु खेती, विमला कार्की, जाङबो शेर्पा, सुनिता जिरेल, विनिता जिरेल, सुन्दरी कार्की, सरिता बुढाथोकी, जानुका घिमिरे, सुन्दरी चापागाईं, कमरेड रेणुका, कमरेड कल्याणी, रामप्यारी श्रेष्ठ, निर्मला बुढाथोकी, वैशालु तामाङ, इन्द्रा शिवाकोटी, क्रान्तिकी शेर्पा, कुमारी थामी, जबुका खड्का, बेली श्रेष्ठ, देवी श्रेष्ठ, गौरी विक, पालु शेर्पा
रामेछाप
सुमाइ थामी, विष्णु थापामगर, उमा कार्की, सरस्वती योञ्जन, जुना मगर, अनिता घतानी, कमरेड उषा
ललितपुर
अम्बिका दाहाल, तरा तिमल्सिना
विशेष केन्द्रीय कमाण्डको दक्षिणी क्षेत्र
विशेष केन्द्रीय कमाण्डको दक्षिणी क्षेत्र अन्तर्गत मकवानपुरबाट ७ जना, पर्साबाट २ जना, बाराबाट ८ जना, रौतहटबाट एक जनाको ज्यान गएको थियो ।
मकवानपुर
निशा गोले, रंगिता गोले, अमृताकुमारी थिङ, बटुमाया पाख्रिम, सुनीता नेपाली, मनुमाया तिरुवा, मीना पाख्रिन
पर्सा
हिरादेवी पुन, बसन्ती गोले
बारा
बबिता मण्डल, उर्मिला अधिकारी, टिका नेपाल, लक्ष्मी आपागाईं, कान्छी घलान, लक्ष्मी ढकाल, कमरेड दीपा, लक्ष्मी खतिवडा
रौतहट
शारदा मैनाली
जनकपुर–सगरमाथा क्षेत्रका सहिद
जनकपुर–सगरमाथा क्षेत्र अन्तर्गत सिन्धुलीबाट ३५ जना, सर्लाहीबाट ७ जना, महोत्तरीबाट ३ जना, सिरहाबाट एक जना, ओखलढुंगाबाट २० जना, भोजपुरबाट १३ जना, खोटाङबाट ११ जना, उदयपुरबाट ६ जना, सोलुखुम्बुबाट २ जनाको हत्या भएको थियो ।
सिन्धुली
कमरेड शलिना, कमरेड रमा देवकोटा, निर्मला देवकोटा, मञ्जु कुँवर, सानुमाया श्रेष्ठ, सम्झना माझी, मेनका गौतम, याङ्गिमाया बल, रमिता सिदाली, फणिन्द्रकुमारी देवकोटा, ज्ञानकुमारी सुनुवार, गंगा विक, जानुका अधिकारी, मेनुका अधिकारी, चन्द्रकला अधिकारी, निर्मला अछामी, सूर्यकुमारी शाक्य, यलकुमारी लुम्रेमगर, कालिमाया रुम्बा, चुनीमाया, दुर्गाकुमारी राना, जया दाहाल, कुलीदेवी महत, रेनु थापामगर, मञ्जु कुँवर, गंगा माझी, रीता सिजाली, मनु दिम्दोङ, अम्बिका माझी, कुन्ती महत, टीकाकुमारी श्रेष्ठ, लक्ष्मी कुँवर, विमला वाइवा, उर्मिला परियार, सम्झना दाहाल
सर्लाही
सुनैया मुखिया, मीना राउत, मित्रकुमारी मगर, लक्ष्मी पाण्डे, शिला बस्नेत, गीता राई, याङग्रीमाया बल
महोत्तरी
दीपा, सरला देवकोटा, कमरेड सिमाना
सिरहा
मीना तामाङ
ओखलढुंगा
सीमा थुलुङ राई, चेतकुमारी राई, प्रगती राई, ईश्वरी थापा, रञ्जिता पौड्याल, बिन्द्र खत्री, मञ्जु गौतम, मीनाकुमारी परियार, सुनिता तामाङ, देवकुमारी थापा, लेनकुमारी थापा, धनकुमारी तामाङ, लालमाया सुनुवार, कुन्ता तामाङ, सुशीला सुनुवार, छेकी शेर्पा, लालमाया तामाङ, मञ्जु कार्की, रामकुमारी थापा, कमला कार्की, सीमा राई
भोजपुर
नेत्रकुमारी राई, उषा प्रधान, चन्द्रकला राई, निर्मला राई, जिना राई, इन्द्रकला राई, लक्ष्मी राई, जमुना राई, शर्मिला राई, बिनिता लुईंटेल, तारा राई, कमरेड रञ्जिता, विद्या पाण्डे
खोटाङ
सिर्जना तोलाङे, सीता आचार्य, धनकुमारी पाण्डे, निर्माला तामाङ, अनिता गुरुङ, कुमारी खड्का, रीता कटुवाल, शर्मिला परियार, रेखा राई, नैसरी राई, इन्द्रिरा कार्की
उदयपुर
विमला कार्की, शारदा चौधरी, रीता श्रेष्ठ, रामकुमारी नगर, उत्तरा कटुवाल, उषा राई
सोलुखुम्बु
हर्कलक्ष्मी राई, बालकुमारी राई
मेची–कोशी क्षेत्रका सहिद
मेची–कोशी अन्तर्गत संखुवासभाबाट ३ जना, ताप्लेजुंगबाट ४ जना, सुनसरीबाट २ जना, मोरङबाट ४ जना, झापाबाट एक जना, इलामबाट ३ जना, पाँचथरबाट एक जना, तेह्रथुमबाट ५ जनाको हत्या भएको थियो ।
संखुवासभा
शान्ता राई, विष्णुमाया तामाङ, कमरेड प्रतिक्षा
ताप्लेजुङ
अधिकारी, कमरेड प्रतिक्षा, मीना आङ्छाङ्बो, भीमा पौड्याल
सुनसरी
मञ्जु गुरुङ, रेखा
मोरङ
शोभा चौहान, हस्तमाया लिम्बू, कुमारी लिम्बू, मेनुका चेमजोङ
झापा
मनमाया रसाइली
इलाम
चन्द्रकला सुवेदी, तारा विक, प्रमिला राई
पाँचथर
विमला ढुंगाना
तेह्रथुम
छत्रमाया थामदेन, दिलु इम्सुङ, रीता भट्टराई, टीका सेढाई, दिलमाया थामदेन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरो पन्छाएपछि भोटखोला जाने सडक सञ्चालन
-
क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो सम्पन्न
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शिक्षकहरूप्रति प्रधानमन्त्री किन भए आक्रोशित ?
-
भुसालको संयोजकत्वमा आन्दोलनको कार्ययोजना बनाउन कार्यदल गठन
-
खेल पूर्व अभ्यासमा नेपाली महिला खेलाडी, तस्बिरहरू