बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

बत्ती जाँदा चिलीमा आपतकाल

बुधबार, १४ फागुन २०८१, १२ : ०८
बुधबार, १४ फागुन २०८१

स्यान्टियागो । मंगलबार चिलीमा अचानक बिजुली आपूर्ति बन्द हुँदा जनजीवन ठप्प भयो । रातिको समयमा देशका अधिकांश भागहरू अन्धकारमा डुबे । ट्राफिक नराम्ररी प्रभावित भयो र इन्टरनेट सेवा नै बन्द भयो ।

इन्टरनेट नहुँदा व्यवसाय र दैनिक जीवन पनि ठप्प भए । अधिकारीहरूले बिजुली पुनस्र्थापित गर्ने प्रयास गरिरहेको बताइएको छ । परिस्थितिलाई ध्यानमा राख्दै, चिली सरकारले आपतकाल लगाएको छ भने राती कफ्र्यू लगाएको छ । 

चिली विश्वको सबैभन्दा ठूलो तामा उत्पादक देश पनि हो । बिजुली अवरुद्ध हुँदा खानीको काम रोकिएको छ । बिजुलीबाट चल्ने पम्पहरू नचल्दा कयौं क्षेत्रका पानीको अभाव भएको गुनासो आइरहेका छन् ।

आपतकालीन जेनेरेटरको सहयोगमा अस्पताल र सरकारी कार्यालयहरू सञ्चालनमा राख्न प्रयास भइरहेको छ । विद्युत आपूर्ति बन्द हुनुको कारण अझै पत्ता नलागेकाले अवस्था झनै खराब हुन सक्ने चेतावनी चिलीका आन्तरिक मन्त्री क्यारोलिना टोहाले दिएकी छिन् । 

स्थिति नियन्त्रणमा लिन सडकमा सेना

अवस्था यति खराब भएको छ कि चिली सरकारले अन्धकारमा डुबेका क्षेत्रहरूमा मानिसहरूको सुरक्षार्थ सेना तैनाथ गरेको छ । अँध्यारो सडकहरूमा सुरक्षाकर्मीहरूले ट्राफिक व्यवस्थापन गरिरहेका छन् । 

व्यवसाय, चलचित्र थिएटरहरू बन्द भएका छन् भने सबै सांस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रम सबै रद्द गरिएका छन् । बिजुली नुहँदा हवाई यातायात पनि नराम्रोसँग प्रभावित भएको छ र धेरै उडानहरू रद्द गरिएका छन् । सरकारले मानिसहरूलाई घर भित्रै बस्न अपील गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप