अफिसमा झुपुक्क निदाउन पाइन्छ कि पाइँदैन ? के भन्छ कानुन ?

नयाँ दिल्ली । कार्यालयमा काम गरिरहँदा थकान वा रातिको अपुरो निद्राका कारण झुपुक्क निदाउन मन लाग्छ । कामको बीचमा केही मिनेट कुर्सीमा झप्की लिँदा ताजा महसुस हुन्छ र थकान पनि केही कम हुन्छ । प्रायः हरेक कार्यकालमा कामको समयमा कोही न कोही कुर्सीमा झप्की लिइरहेको पनि देख्न सकिन्छ । तर अफिसमा यसरी झप्की लिन पाइन्छ कि पाइन्न ? यस विषयमा के भन्छ कानुन ?
हालै कर्नाटकको उच्च अदालतको यस्तै विषयमा एउटा फैसला सुनाएको थियो । कर्नाटकमा एक हवल्दार चन्द्रशेखरले पावरन्याप लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई जागिरबाट निलम्बन गरिएको थियो ।
त्यसपछि, अदालतमा हवलदारले राखेका तर्कहरूमा, उच्च अदालतका न्यायाधीशले संविधानले मानिसहरूको सुत्ने र आराम गर्ने अधिकारलाई मान्यता दिएको र समय–समयमा आराम र निद्राको महत्त्वमा जोड दिएको बताए । यस्तोमा ड्युटीमा हुँदा पावरन्याप लिनुलाई हवलदारको कुनै गल्ती मान्न नहुने न्यायाधीसले भनेका छन् ।
कर्नाटक राज्य परिवहन निगम (केकेआरटीसी)को एक जना ट्रान्सपोर्ट हवल्दार चन्द्रशेखरले लगातार दुई महिनासम्म १६ घण्टाको सिफ्टमा काम गरेपछि एक दिन १० मिनेटको झप्की लिएको भन्दै निलम्बनमा परेका थिए । यस मुद्दामा हवलदारले उच्च अदालतबाट राहत पाएका छन् । अदालतले केकेआरटीसीले जारी गरेको निलम्बन आदेश रद्द गरेको छ ।
कन्स्टेबललाई दुई महिनासम्म बिना ब्रेक दुई सिफ्ट काम गर्न बाध्य पारेकोले यस मामिलामा केकेआरटीसी व्यवस्थापन गल्ती भएको न्यायाधीश एम नागाप्रसन्नले बताएका छन् ।
निवेदकलाई तलब लगायत सबै सुविधा दिन उच्च अदालतले आदेश दिएको छ । निवेदक एउटै शिफ्टको ड्युटीमा निदाएको भए यो गलत हुने थियो । तर यस मुद्दामा निवेदकलाई ६० दिनसम्म बिना ब्रेक १६ घण्टा काम गर्न बाध्य पारिएको न्यायाधीसले बताए । हवल्दारको काम गर्ने समय दैनिक आठ घण्टा हुनुपर्थ्यो । कामको बोझ धेरै भएकाले चन्द्रशेखरलाई दुई सिफ्टमा काम गर्न भनियो ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २४ ले प्रत्येक व्यक्तिलाई आराम र फुर्सदको अधिकार छ भनी उल्लेख गरेको छ, जसमा काम गर्ने घण्टाको उचित सीमा र तलबसहितको आवधिक बिदा समावेश छ । असाधारण परिस्थितिहरू बाहेक, काम गर्ने समय हप्तामा ४८ घण्टा र दिनमा ८ घण्टाभन्दा बढी हुनु हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
-
माछा मार्न गएका युवककाे मृत्यु
-
ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो
-
भीमबहादुर तामाङको स्मृतिमा भलिबल प्रतियोगिता