बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

महाशिवरात्रिको अवसर पारेर ‘कमेडी किड्स’को अडिसन खुला

बुधबार, १४ फागुन २०८१, १० : ३८
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । गत ‘वसन्त पञ्चमी’को अवसरमा रघुजी फिल्म्सले घोषणा गरेको नयाँ रियालिटी शो ‘कमेडी किड्स’को अडिसन खुला भएको छ । निर्माण टिमले महाशिवरात्रिको अवसर पारेर बुधबारबाट डिजिटल अडिसन खुला गरेको हो ।

‘कमेडी किड्स’मा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडियो बनाएर ‘कमेडी किड्स’ व्हाट्स एप, जिमेल अथवा भाइवरमा पठाउन सक्नेछन् । भिडियो मोबाइलबाट खिचेर पठाउन सकिनेछ । 

सहभागीले एक्लै अथवा समूहमा भिडियो बनाएर पठाउन सक्नेछन् । डिजिटल अडिसनबाट छानिएकालाई फिजिकल अडिसनमा बोलाइने र उत्कृष्ट छानेर शोको फम्र्याट अनुसार कार्यक्रममा अघि बढाइने निर्देशक सन्तोष खनालले बताए ।

भिडियो पठाउँदा आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर अनिवार्य समावेश गर्नुपर्नेछ । बालबालिकाहरूलाई लक्षित गरि निर्माण गरिने शोमा ४ देखि १४ वर्ष सम्म उमेर समूहकाले भाग लिन पाउने रघुजी फिल्मसका सञ्चालक रघुनाथ सापकोटाले जानकारी दिए । शोको जुरी टिम र अन्य टिम फाइनल भई सकेको र अब छिट्टै सार्वजनिक गरिने आयोजक टिमले जनाएको छ ।

शोको डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिंग पार्टनरमा ओएसआर कनेक्ट रहेको छ । रियालिटी शो राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ । प्रतियोगितामा विजेताले नगद पुरस्कारको अलावा विभिन्न अवसर समेत प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप