बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

समाजवादी व्यवस्था ल्याउने बाटोमा अघि बढ्नु पर्छः कार्की

बुधबार, १४ फागुन २०८१, १० : २२
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सचिव राम कार्कीले नेपाली परिवेशमा कम्युनिस्ट विचारलाई परिष्कृत गर्दै समाजवादी व्यवस्था ल्याउने बाटोमा अघि बढ्नु पर्ने आवश्यकता औँल्याएका छन् ।

नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिले गरेको ‘जनयुद्धको महत्त्व र अबको बाटो‘’ विषयक विचार विमर्शमा उनले उक्त यस्तो बताएका हुन् । 

‘माओवादीले गरेको १० वर्षे जनयुद्धले सामन्ति राजतन्त्रको अन्त्य गरी नेपालमा गणतन्त्र ल्यायो’ कार्कीले भने, ‘गणतन्त्र आएपछि हामी केही अल्झिएका थियौँ, अब भने मुख्य कुरा कम्युनिस्ट विचारलाई नेपाली परिवेश अनुसार परिष्कृत गर्दै समाजवादी व्यवस्था निर्माण गर्ने बाटोमा अघि बढ्नुको विकल्प छैन ।’

बौद्धिक नेताको परिचय बनाएका कार्कीले पछिल्लो समयमा पार्टीको विचारमा केही अलमल र नेताहरूमा विकृतिहरू बढेको भन्दै दलाल पुंजीवादलाई अन्त्य गर्न साधा जिवनशैलीलाई अपनाउनु पर्नेमा जोड दिए । ‘जनतासँगै एकाकार भएर जनयुद्ध सफल भएको थियो तर, पछिल्लो समय पार्टीको विचारमा अलमल भयो, नेताहरूको जीवनशैली बदलियो’, उनले भने,  ‘अब भने हामी सच्चिने दिशामा छौँ, विचार क्लियर गर्दै समाजवादी दिशामै जानु अबको विकल्प हो ।’

नेकपा माओवादी केन्द्र पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका इन्चार्ज समेत रहेका कार्कीले १० वर्षे जनयुद्धले नै नेपालमा राजनीतिक र सामाजिक रूपमा ठुलो परिवर्तन ल्याएको बताउँदै संस्थागत गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यस्तै पार्टीका केन्द्रीय सल्लाहकार टिबी पाठकले जनयुद्ध सुरु गर्नुपूर्व र जनयुद्ध सञ्चालनको क्रममा माओवादी नेताहरूलाई फौजी तालिम दिएको स्मरण गर्दै जनयुद्ध महान् भएको बताए । ‘जनताको शासन ल्याउन भनेर जनयुद्ध गरेका थियौँ, जनयुद्ध सुरु अघि नै नेताहरूलाई फौजी दिएको ती यादहरू ताजा बनेर आए, जनताले लडेको त्यो जनयुद्ध महान् थियो,’ पाठकले भने ।

50d1fe3d-b3da-49ab-b8ed-f33d5ba60231

यस्तै वैकल्पिक केन्द्रीय सदस्य तथा पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका सहइन्चार्ज सुरेन्द्र भुसालले नेपाली जनताको आशा र भरोसा अझै पनि माओवादी रहेको भन्दै नेताहरू सच्चिएर जनताको घरदैलोमा जानुपर्ने आवश्यकता रहेको भनाई राखे ।

पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका अर्का सह(इन्चार्ज मोहनमान स्वाँरले टुट फुट भएका माओवादी पार्टीहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

विचार विमर्शमा नेकपा माओवादी केन्द्र सार्क प्रवास प्रदेश समितिका संयोजक राजेन्द्र शर्मा, नेकपा माओवादी केन्द्र पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका सहसंयोजक तथा महिला विभाग प्रमुख सुष्मा भुसाल, नेपाली जनप्रगतिशील मञ्च युरोपका अध्यक्ष चित्र सुवेदी, मञ्चका पूर्व अध्यक्ष डा कृष्ण अर्याल, नेपाली जनप्रगतिशील मोर्चा युरोपका सल्लाहकार विष्णु भुजेल, नेपाली जनप्रगतिशील मोर्चा युरोपका उपाध्यक्ष पूर्णबहादुर विश्वकर्मा, सीता पोख्रेल, बुद्ध लामा लगायतले धारणा राखेका थिए ।

नेकपा माओवादी केन्द्र पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका संयोजक उदयराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसंयोजक नारायण कँडेलले र सञ्चालन अर्का सहसंयोजक रणबहादुर खाती क्षत्रीले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप