बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

मलेखुमा ट्याक्टर दुर्घटना,  दुई युवकको मृत्यु

बुधबार, १४ फागुन २०८१, १० : १९
बुधबार, १४ फागुन २०८१

धादिङ । गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको  ट्याक्टर गए राति दुर्घटना हुँदा दुई युवकको  मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो । गजुरी गाउँपालिका–६ का १९ वर्षीय शिरिष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई काठमाडौँ पठाइएको छ ।

आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याक्टर पछाडि ल्याउने क्रममा दुर्घटना भएको हो । 

मृतकसहित चार जना ट्याङ्करमा चढेका थिए ।  ट्याक्टर चालक गजुरी गाउँपालिका–६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप