गाजामा चिसोका कारण दुई हप्तामा छ बालबालिकाको मृत्यु

रफाह । चिसो मौसम, उपर्युक्त आश्रयको अभाव र ताप नहुँदा गएको दुई हप्तामा गाजामा कम्तीमा छ बालबालिकाको मृत्यु भएको छ । प्यालेस्टिनी डाक्टर र स्वास्थ्य अधिकारीहरूले यो जानकारी दिएका हुन् ।
गाजाको उत्तरमा रहेको पेशेन्ट्स फ्रेन्ड्स बेनेभोलेन्ट सोसाइटी (पीएफबीएस)अस्पतालका डाक्टरहरूले चिसोबाट बिरामी परेका नौ नवजात शिशुहरूलाई भर्ना गरिएको बताएका छन् ।
यीमध्ये छ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दक्षिणी सहर खान युनिस नजिकै रातभरि चिसोको कारणले गर्दा दुई महिनाकी बालिकाको मृत्यु भएको एउटा परिवारले बताएको छ ।
पीएफबीएस अस्पतालले पाल र अस्थायी आश्रय स्थलमा बसोबास गर्ने अनुमानित ९ लाख ४५ हजार विस्थापित प्यालेस्टिनीहरूको अवस्था सुधार गर्न कारभान (कार बोक्ने ठुला सवारी साधन) र इन्धनको तत्काल आपूर्तिको लागि माग गरेको थियो ।
पाँच हप्ता अघि सुरु भएको युद्धविरामको क्रममा इजरायलले सहमति भएको मात्रामा पाल र अन्य आश्रय सामग्रीहरू नपुर्याएको आरोप हमासले लगाएको छ ।
तर, हमासको यो आरोपलाई इजरायलले अस्वीकार गरेको छ । इजरायल र हमास बीचको १६ महिने युद्धको क्रममा गाजाको अधिकांश जनसंख्या विस्थापित भएका छन् । गाजाको जनसंख्या २१ लाख थियो । युद्धमा यस क्षेत्रका लगभग ७० प्रतिशत भवनहरू ध्वस्त भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादमा विक्कीको ‘छावा’, १०० करोड भारुको मानहानि मुद्दाको चेतावनी
-
उडिरहेको विमानभित्र यात्रुको मृत्यु भए के गर्ने ? यस्तो छ नियम
-
देशका यी सात स्थानको वायु प्रदूषित
-
माओवादी घाटामा, चन्दा सहयोग शून्य
-
सानो पशुपतिनाथ प्रवेशद्वारमा महादेवको मूर्ति रुद्राभिषेक
-
‘उपेन्द्रजीले बाध्य भएर विरोध गर्नुभएको हो, भूमिसम्बन्धी अध्यादेश गलत होइन’