क्यानडाले रुसी तेल ट्याङ्कर र जहाजहरूमा लगायो नयाँ प्रतिबन्ध

टोरन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्टमार्फत उनले यो प्रतिबन्धको घोषणा गरेका हुन् ।
‘रुसले तेलबाट कमाएको पैसाले युक्रेनमा आफ्नो युद्धलाई आर्थिक सहयोग गरिरहेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट बच्न रुसले अवैध रूपमा जहाजहरू मार्फत विश्वभर आफ्नो तेल ढुवानी गरिरहेको छ ।’ पोस्टमा ट्रुडोले लेखेका छन् । आफूले किभमा रहेका १०९ रुसी तेल ट्याङ्कर र जहाजहरूमा नयाँ प्रतिबन्धहरूको घोषणा गरेको पोस्टमा उनले भनेका छन् ।
‘स्थायी शान्तिको लडाई एक्लै जित्न सकिँदैन । त्यसैले हामी यहाँ (युक्रेन) छौँ । मैले कीभमा राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेँ र भनेँ कि क्यानडा सधैँ युक्रेनको साथमा उभिनेछ ।’ हालै किभ भ्रमणमा गएको सन्दर्भमा उनले भनेका थिए । युक्रेनमा शान्ति स्थापना गर्न र सार्वभौमसत्ता कायम राख्न क्यानडाबाट नयाँ सैन्य सहयोग प्रदान गर्ने बारेमा कुरा गरेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडिरहेको विमानभित्र यात्रुको मृत्यु भए के गर्ने ? यस्तो छ नियम
-
देशका यी सात स्थानको वायु प्रदूषित
-
माओवादी घाटामा, चन्दा सहयोग शून्य
-
सानो पशुपतिनाथ प्रवेशद्वारमा महादेवको मूर्ति रुद्राभिषेक
-
‘उपेन्द्रजीले बाध्य भएर विरोध गर्नुभएको हो, भूमिसम्बन्धी अध्यादेश गलत होइन’
-
तनहुँका शिवमन्दिरमा भक्तजनको घुइँचो