विपक्षी प्रशिक्षकको घाँटी न्याकेपछि मेस्सीलाई जरिवाना
बुधबार, १४ फागुन २०८१, ०९ : ४८

मियामी । विपक्षी टोलीका प्रशिक्षकको घाँटी न्याकेपछि लियोनेल मेस्सीलाई जरिवाना गरिएको छ । मेजर लिग सकर (एमएलएस) को विपक्षीको अनुहार, टाउको वा घाँटीमा हात उठाउन नहुने नियम अन्तर्गत मेस्सीलाई जरिवाना गरिएको हो ।
उनलाई कति रकम जरिवाना गरियो भन्ने चाहिँ खुलाइएको छैन । यो घटना गत फेब्रुअरी २२ मा घटेको थियो । त्यतिबेला मियामी र न्युयोर्क सिटी एफसी बिचको खेल २–२ को बराबरीमा टुंगिएको थियो ।
आठ पटकको बालोन डी’ओर विजेता विपक्षी टोलीको प्रशिक्षण स्टाफको पछाडिबाट घाँटी समाउन पुगेका थिए । एमएलएसको अनुशासन समितिले ३७ वर्षीय मेस्सीलाई यस घटनामा दोषी पाएको थियो ।
त्यस्तै, मेस्सीका समकक्षी लुइस सुवारेजलाई पनि जरिवाना गरिएको छ । उनले सो खेलको हाफ टाइममा विपक्षी खेलाडी बर्क रिशाको घाँटीमा चिमोटेका थिए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानो पशुपतिनाथ प्रवेशद्वारमा महादेवको मूर्ति रुद्राभिषेक
-
‘उपेन्द्रजीले बाध्य भएर विरोध गर्नुभएको हो, भूमिसम्बन्धी अध्यादेश गलत होइन’
-
तनहुँका शिवमन्दिरमा भक्तजनको घुइँचो
-
रुपन्देहीमा लागु औषधसहित एक जना पक्राउ
-
अक्षर पटेल भन्छन्, ‘कप्तान रोहित शर्माले आफ्नो वाचा अझै पुरा गरेका छैनन्’
-
देशकै ठूलो हनुमान मन्दिर निर्माण हुने