महाशिवरात्रिको अवसर पारेर ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ प्रदर्शनमा

काठमाडौँ। महाशिवरात्रिको अवसर पारेर आज बुधबारदेखि एकसाथ तीनवटा चलचित्र ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ प्रदर्शनमा आए । सबै चलिचत्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ‘लाज शरणम्’ कुमार कट्टेलले निर्देशन गरेका हुन्, भने ‘फेरि रेशम फिलिली’का निर्देशक निरोज महर्जन रहेका छन् । ‘मायावी’मा दीवाकर भट्टराईको निर्देशन रहेको छ ।
‘सक्किगोनि’ सिरियलको टिमले बनाएको ‘लाज शरणम्’ मा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, महेश त्रिपाठी, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राई लगायतको अभिनय छ।
‘फेरि रेशम फिलीली’ मा विजय श्रेष्ठ, सुपुष्पा भट्टसहित कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा लगायतको मुख्य भूमिकामा छन्।
‘मायावी’ मा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, समिम खान, सुशील सिटौला लगायतले शीर्ष भूमिकामा अभिनय गरेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
-
माछा मार्न गएका युवककाे मृत्यु
-
ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो
-
भीमबहादुर तामाङको स्मृतिमा भलिबल प्रतियोगिता
-
नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र निष्कासन