भद्रपुर झापा गोल्डकप : दोस्रो सेमिफाइनलमा झापा ११ र भुटानको डागा युनाइटेड भिड्दै
बुधबार, १४ फागुन २०८१, ०७ : २९

झापा । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको दोस्रो सेमिफाइनलमा झापा–११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच मेची रङ्गशालामा आज अपराह्न हुँदैछ ।
प्रतियोगितामा झापा–११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । यसैगरी, विदेशी टोली डागा युनाइटेडले विभागीय टोली एपिएफलाई हराउँदै झापा–११ सँगको भेट पक्का गरेको हो।
यो खेलको विजेता टोलीले आयोजक भद्रपुर ब्लेजर्ससँग फाइनल खेल खेल्नेछ । गोल्डकपमा नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केही घण्टाका लागि किन काठमाडौँ आए प्रचण्ड ?
-
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका
-
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
-
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
-
स्वास्थ्य बिमा बन्द हुन्छ भने जिम्मेवार को ?
-
राजेन्द्रको पार्टीमा लेबीको व्यवस्था : प्रधानमन्त्री भए २० हजार, वडाध्यक्ष भए ४ हजार