बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

महाशिवरात्रिको दिन आज कसलाई कति लाभ ? हेरौँ राशिफल

बुधबार, १४ फागुन २०८१, ०५ : २२
बुधबार, १४ फागुन २०८१

आज विक्रम संवत २०८१ साल फाल्गुन १४ गते,  बुधबार । ईश्वी सन् २०२५ फेव्रुवरी २६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–त्रयोदशी, ८ घडी ३ पला, बिहान ९ बजेर ४७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–श्रवण, २५ घडी ८ पला, बेलुकी ४ बजेर ३७ मिनेट उप्रान्त धनिष्ठा । योग–परिध, ५० घडी ४१ पला, रातको २ बजेर ५० मिनेट उप्रान्त शिब । करण–वणिज, बिहान ९ बजेर ४७ मिनेट उप्रान्त भद्रा, बेलुकी ९ बजेर १४ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १ मिनेट । दिनमान २८ घडी ४० पला ।  आज महाशिवरात्रिचतुर्दरशीव्रत । शिवालयमामेला  । नेपालीसेनादिवस ।  द्वापरयुगादि।

आजको बार बेला  
बिहान ०६ बजेर ३४ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ३५ मिनेटदेखि बिहान ८ बजेर ० मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर १ मिनेटदेखि बिहान ९ बजेर २६ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर २७ मिनेटदेखि बिहान १० बजेर ५२ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ५३ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म उद्धेग बेला ।
दिउँसो १ बजेर ४५  मिनेटदेखि दिउँसो ३ बजेर १० मिनेटसम्म चर बेला ।
दिउँसो ४  बजेर ११ मिनेटदेखि बेलुकी ४ बजेर ३६ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर ३७ मिनेटदेखि बेलुकी ७ बजेर ३६ मिनेटसम्म उद्धेग बेला ।
नोट :  शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो १२ बजेर १७ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ५८ मिनेटदेखि बिहान ५ बजेर ४६ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) सहयोगीहरूले राम्रो साथ दिनेछन् भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न उपहार प्राप्त हुने समय छ  । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। धर्मकर्ममा मन जानेछ भने छोटो दुरीको धार्मिक यात्राको हुनेछ । साथीभाइका साथ मिष्ठान्न भोजन ग्रहण गर्दै समय व्यतित हुनेछ ।  

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । अध्ययन वा कामबाट छुटकारा पाइनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्ततः एक अर्कालाई विश्वास गर्दै छुटिदा मन प्रशन्न हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ । पारिवारिक यात्राका क्रममा खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुशार अपडेट नहुदा अरुभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । माया प्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवन साथिसँग ठाकठुक पर्नेछ । र, पनि धर्मसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ भने धार्मिक यात्रा हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरीको धार्मिक यात्रा हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । वाद विवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ । अध्ययन वा कामलाई थाति राख्दै धार्मिक यात्रामा निस्कन सकिनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेकोछ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपहार प्राप्त हुने योग रहेकोछ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ । काम वा अध्ययनबाट छुटकरा पाइने तथा छोटो दुरीको धार्मिक यात्राको तय हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) रमाइलो वातावरणमा पनि मन खिन्न हुनेछ । साथीभाई तथा आफन्तसँग विवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा वैमनश्यता बढ्नेछ । आमा तथा आफन्तसँग टाडिने योग रहेकोछ । र, पनि धार्मिक सामानको व्यापारबाट लाभ लिन सकिनेछ । सामाजिक तथा कल्याणकारी काम गरि नाम तथा पुन्य कमाउन सकिनेछ । धार्मिक यात्रा गरि मनलाई शान्त पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) उद्योग तथा व्यापार फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीबीच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आट, पराक्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको गन्तव्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलकाबीच पनि राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । लोककल्याणकारी काम गरि नाम तथा पुन्य कमाउन सकिनेछ । छोटो दुरीको धार्मिक यात्रा तय हुनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यवसाय  फस्टाएर जानेछ भने काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तुती दिन सकिनेछ । कुटुम्ब, आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । छोटो दुरीको धार्मिक यात्रा हुनेछ ।
 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) पुराना कामबाट लाभ लिने समय रहेकोछ । समयको सही सदुपयोग गरी धार्मिक कार्य गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथीभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरुका लागी समयले साथ दिनेछ । धार्मिक सामानको व्यापारमा बृद्धि हुने तथा छोटो दुरीको धार्मिक यात्राको योग रहेकोछ ।
 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) धार्मिक तथा सामाजिक काममा सक्रिय रहदा रहदै दिन वित्नेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यवसाय स्वत स्फुर्त रुपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाड हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि दिन प्रभावकारी रहनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) घर परिवार तथा समाजमा तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । नयाँ प्रेम प्रस्ताब आउनेछ । परिवारका साथ रमाइलो धार्मिक यात्रा हुनेछ  । सामाजिक काम गरि नाम कमाउने समय रहेकोछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप