प्रिमियर लिगमा चेल्सी विजयी
बुधबार, १४ फागुन २०८१, ०४ : २४

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । मंगलबार राती भएको खेलमा चेल्सीले साउथह्याम्पटनविरुद्ध ४-० को जित निकाल्यो ।
घरेलु मैदानमा चेल्सीलाई विजयी गराउन क्रिस्टोफर नकुंकू, पेड्रो नेतो, लेवि कोलविल र मार्सले एक एक गोल गरे । जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
उसको २७ खेलबाट ४६ अंक भएको छ । म्यान्चेस्टर सिटी भने पाँचौ स्थानमा झरेको छ । सिटीको ४४ अंक छ । शीर्ष स्थानको लिभरपुलको ६४ अंक पुग्दा दोस्रो स्थानको आर्सनलको ५३ अंक छ ।
यस्तै, मंगलबार राती क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई ४-१ ले हराउँदा उल्भ्सले फुलहमलाई तथा ब्राइटनले बर्नमथलार्ए २-१ ले पराजित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
-
नेपालले ओमानलाई हराउँदा जे देखियो
-
७ जनालाई एमालेले ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने