१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. ताप्लेजुङमा हट्यो निषेधाज्ञा
ताप्लेजुङमा जारी निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हटेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
२. मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मंगलबार साँझ बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पारित गरेसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।
३. प्रकृति लम्साल मृत्यु प्रकरण
भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीमाथि दुर्व्यवहार भयो । नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि होस्टेलमा बस्दै आएका नेपाली विद्यार्थीमाथि कुटपिट भएको थियो । कुटपिट हुनुका साथै उनीहरू तत्काल होस्टेल र विश्वविद्यालय खाली गर्न उर्दी जारी भयो ।
४. बिरामी हुन थाले बालबालिका
केही दिनयता काठमाडौँमा बालबालिकाहरू बिरामी हुने क्रम बढेको छ । चिकित्सकहरूका अनुसार बालबालिकामा उच्च ज्वरो आउने, बान्ता हुने, रिंगटा लाग्नेलगायतका विभिन्न शारीरिक समस्या देखिन थालेको छ ।
५. पञ्चेश्वर बहुउद्देश्यीय आयोजना
नेपाल र भारतबिच पेचिलो बन्दै गएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको अघि बढ्ने पुनः चर्चा सुरु भएको छ । ४ हजार ८ सय मेगावाट क्षमताको जलविद्युत्, सिँचाइ र नदी संरक्षणसहित परियोजना निर्माण कार्य बढाउन नेपाल र भारत सकारात्मक देखिएसँगै पुनः चर्चा चल्न थालेको हो ।
६. मन्त्रिपरिषद् बैठक
नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गत आर्थिक वर्षमा कार्य सम्पन्न भएका आयोजना तथा कार्यक्रमको भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।
७. कांग्रेसका भ्रातृ संस्था
लामो समय ‘तदर्थवाद’मा रहेका नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले फेरि पार्टीले तोकिदिएको समयसीमा गुजार्ने संकेत देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले १६ असोजमा तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्न पार्टीका तर्फबाट निर्देशन समिति बनाएका थिए ।
९. स्वकीय सचिवले विष खाए
बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
१०. स्वास्थ्य बीमा
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केही दिनअघि स्वास्थ्य बीमाबारे दिनुभएको सार्वजनिक अभिव्यक्ति अहिले विवादमा परेको छ । अघिल्लो साता काठमाडौँमा भएको नेपाल औषधि थोक व्यवसायी महासंघको एक कार्यक्रममा मन्त्री पौडेलले दिएको अभिव्यक्तिले स्वास्थ्य बीमाको भविष्यमाथि नै प्रश्न उठेको भन्दै सांसदहरूले सदनमा पनि आवाज उठाए ।
११. महाशिवरात्रि
भोली परेको महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा अहिले रौनक छाएको छ । भक्तजनदेखि बाबाहरुले पशुपति क्षेत्रमा रौनक थपेको छ ।
१२. दाइजोमुक्त सामूहिक विवाह
अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गरिदिन पत्राचार गरेको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध