हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
मङ्गलबार, १३ फागुन २०८१, २३ : ००
_upRVYSeePh.jpg)
ताप्लेजुङ । ताप्लेजुङमा जारी निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हटेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
जिल्ला प्रशासन ताप्लेजुङले गत माघ ११ गते बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । फुङलिङ नगरपालिका बजार क्षेत्रमा सम्भावित प्रदर्शन, जुलुस, हुलदङ्गा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको थियो ।
ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनाको समर्थन र विरोधमा उत्रिएका समूहहरूबीच झडप भएपछि प्रशासनले निषेधाज्ञा लागू गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध