पश्चिम नवलपरासी झडप अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु
मङ्गलबार, १३ फागुन २०८१, २१ : १२

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका बेलासपुरमा दुई समूहबिच झडपमा गम्भीर घाइते भएका विजय धवलको मृत्यु भएको छ । उनको भैरहवाको सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले रातोपाटीलाई जानकारी दिए ।
गम्भीर घाइते भएको विजय धवल र वैजनाथ लोहनियलाई भैरहवा सिटी अस्पतालमा उपचारको लागि ल्याएको थियो । घटनाका घाइते स्थानीय ३ जनाको नवलपरासी पृथ्वी चन्द्र अस्पताल उपचार भइरहेको छ ।
स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही व्यक्तिबिच झडप भएको प्रहरीले जनाएको छ । केटा पक्षकाले केटी पक्षका घरमा आएर आगजनीको प्रयास गरेपछि प्रहरीले असुर ग्यास तथा हवाई फायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा बार्सिलोनाको शानदार जित, रियाल मड्रिडसँग बढायो अंकदुरी
-
चैत्र कृष्ण चतुर्दशी : नेवा समुदायको दोस्रो ठूलो पर्व पाहाँचह्रे मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भन्सार छली र तस्करीमा सघाउन घुस खाने प्रहरीका सई पक्राउ
-
आईपीएलको सातौं खेलमा लखनउ विजयी, सनराइजर्स ५ विकेटले स्तब्ध
-
मातृशिशु मृत्युदर घटाउने अभियान सुरु