एन्टिबायोटिक औषधिको सेवन बिचमै छोड्नु घातक !

काठमाडौँ । चिकित्सक तथा स्वास्थ्यकर्मीले चेकजाँचपछि दिएको एन्टिबायोटिक औषधि बिरामीले बिचमै सेवन गर्न छाड्ने गरेको पाइएको छ । साधारण रुघाखोकीमा आफूखुसी औषधि खाने बानी हुन्छ ।
कतिपयले एन्टिबायोटिक औषधि पनि आफूखुसी किनेर खाने गरेका हुन्छन् । सामान्य अवस्थामा पनि जथाभाबी एन्टिबायोटिक औषधिको सेवनले स्वास्थ्य समस्या झनै जटिल हुन सक्ने ग्रान्डी इन्टरनेसनल अस्पतालका कन्सल्टनेन्ट फिजिसियन डा. अमित गौली बताउँछन् । चिकित्सकको सिफारिसमा एन्टिबायोटिक औषधि सेवन गर्दा गर्दै बिचमा छोड्दा यसको ‘रेजिस्टेन्स विल्डअप’ हुने गर्दछ । बिरामीलाई पछि गएर सामान्यभन्दा सामान्य उपचार गर्न पनि धेरै ठुलो एन्टिवायोटिक प्रयोग गर्नुपर्ने अवस्था आउने उनी बताउँछन् । ‘सामान्य एन्टिबायोटिक औषधि काम नगर्ने हुन्छ,’ उनले भने, ‘साधन स्रोतको खेरा जाने वा अस्पतालमा भर्ना हुनुपर्ने वा आइसीयुमा नै भर्ना हुनु पर्ने वा अस्पतालको स्टे बढ्ने हुन्छ ।’
मानिसले समान्यरुपमा ज्वरो रुघाखोकी लाग्ने बित्तिकै औषधि पसलबाट आफ्नै तरिकाले औषधि किन्ने, एन्टिबायोटिक औषधि सेवन गर्ने, एन्टिवायोटिकको नियम पूरा नगर्ने, खाँदाखाँदै बिचमा छोड्ने वा चिकित्सकको परामर्श बिनै औषधि आफैले सेवन गर्ने जस्ता समस्या देखा परेको उनले बताए । ‘आफै बिचमा बन्द गर्ने आफैले निर्णय गर्ने गर्छन्,’ उनले भने, ‘ यो जुन नेपाली समाजमा छ, एकदमै भयावाह स्थिति छ ।’
विभिन्न जीवाणुको संक्रमणले औषधिको प्रभावकारिता जित्ने जस्ता समस्या देखापर्छ । एन्टिबायोटिक औषधिको सेवन जथाभावि प्रयोग नगर्न डा. गौली सुझाउँछन् । ‘एन्टिवायोटिक काम नगर्ने अवस्थामा हामी पुग्छौँ,’ उनले भने, ‘त्यसको सुरुवात अहिले जथाभाबी प्रयोग गर्नले हुने हो । यसको जथाभाबी प्रयोग नगर्नु आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध