१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन

आज २०८१ फागुन १३ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मंगलबार साँझ बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पारित गरेसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।
- प्रकृति लम्साल मृत्यु प्रकरण
भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीमाथि दुर्व्यवहार भयो । नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि होस्टेलमा बस्दै आएका नेपाली विद्यार्थीमाथि कुटपिट भएको थियो । कुटपिट हुनुका साथै उनीहरू तत्काल होस्टेल र विश्वविद्यालय खाली गर्न उर्दी जारी भयो ।
- बिरामी हुन थाले बालबालिका
केही दिनयता काठमाडौँमा बालबालिकाहरू बिरामी हुने क्रम बढेको छ । चिकित्सकहरूका अनुसार बालबालिकामा उच्च ज्वरो आउने, बान्ता हुने, रिंगटा लाग्नेलगायतका विभिन्न शारीरिक समस्या देखिन थालेको छ ।
- पञ्चेश्वर बहुउद्देश्यीय आयोजना
नेपाल र भारतबिच पेचिलो बन्दै गएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको अघि बढ्ने पुनः चर्चा सुरु भएको छ । ४ हजार ८ सय मेगावाट क्षमताको जलविद्युत्, सिँचाइ र नदी संरक्षणसहित परियोजना निर्माण कार्य बढाउन नेपाल र भारत सकारात्मक देखिएसँगै पुनः चर्चा चल्न थालेको हो ।
- मन्त्रिपरिषद् बैठक
नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गत आर्थिक वर्षमा कार्य सम्पन्न भएका आयोजना तथा कार्यक्रमको भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।
- कांग्रेसका भ्रातृ संस्था
लामो समय ‘तदर्थवाद’मा रहेका नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले फेरि पार्टीले तोकिदिएको समयसीमा गुजार्ने संकेत देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले १६ असोजमा तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्न पार्टीका तर्फबाट निर्देशन समिति बनाएका थिए ।
- चेपुवामा विभागीय मन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव कसलाई बनाउने भन्नेमा कांग्रेसमै दुई धार देखिएको छ । स्वास्थ्य सचिव सिफारिस समितिले डा. विकास देवकोटा, डा.संगीता कौशल मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेपछि कांग्रेसभित्र त्यसमध्ये पनि मिश्र र देवकोटामध्ये कसलाई सचिव बनाउने भन्नेबारे दुई धार देखिएको हो ।
- स्वकीय सचिवले विष खाए
बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
- स्वास्थ्य बीमा
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केही दिनअघि स्वास्थ्य बीमाबारे दिनुभएको सार्वजनिक अभिव्यक्ति अहिले विवादमा परेको छ । अघिल्लो साता काठमाडौँमा भएको नेपाल औषधि थोक व्यवसायी महासंघको एक कार्यक्रममा मन्त्री पौडेलले दिएको अभिव्यक्तिले स्वास्थ्य बीमाको भविष्यमाथि नै प्रश्न उठेको भन्दै सांसदहरूले सदनमा पनि आवाज उठाए ।
- महाशिवरात्रि
भोली परेको महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा अहिले रौनक छाएको छ । भक्तजनदेखि बाबाहरुले पशुपति क्षेत्रमा रौनक थपेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म