कर्णालीमा मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ९ वटा निर्णयहरू गरेको छ । जसमा मुख्यमन्त्री डिजिटल शिक्षा तथा नमुना विद्यालय बनाउनका लागि स्थानीय तहहरूमा बजेट पठाउनेदेखि घर बीमा कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत लगायतका निर्णयहरू भएको सरकारका प्रवक्ता विनोदकुमार शाहले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार मानवअधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको तर्जुमा गर्न स्वीकृति प्रदान गरेको छ ।
यस्तै घर बीमा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि ०८१ स्वीकृत भएको छ । यस्तै आयोजना छनोटको विषयमा पनि महत्त्वपूर्ण निर्णय भएको उनले बताए ।
आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि ०८१ स्वीकृत मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । उक्त कार्यविधि स्वीकृत भएसँगै अब कर्णालीमा आयोजना छनोटमा हुने बेथितिको अन्त्य हुने छ ।
यस्तै आयोजना बहुवर्षीय ठेक्का सहमति निर्देशिका ०८१ स्वीकृत गरेको पनि शाहले बताए ।
यस्तै कृषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन निर्देशिका स्वीकृत गरेको छ भने कर्णाली कृषि विकास रणनीति पारित भएको छ । उक्त रणनीति आगामी १० वर्षका लागि भएको शाहले बताए ।
यस्तै कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) दोस्रो संशोधन कार्यविधि पनि स्वीकृत गरिएको छ भने नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन कार्यविधि पनि स्वीकृत भएको छ ।
निकै चर्चामा रहेको तर कार्यान्वयनमा आउन नसकेको मुख्यमन्त्री डिजिटल शिक्षा र नमुना विद्यालय कार्यक्रम सञ्चालनका लागि स्थानीय तहका बजेट पठाउने निर्णय स्वीकृत भएको पनि शाहले बताए । समग्र कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० करोड रकम विनियोजन गरिएको छ । कार्यविधि बनाइए पनि बजेट विभाजन नहुँदा रोकिएको थियो । सरकारले प्रदेशका १३ वटा विद्यालयलाई डिजिटल तथा नमुना बनाउने निर्णय गरेको छ । ती विद्यालयमा ७० लाखका दरले स्थानीय तहमार्फत रकम पठाइने प्रवक्ता शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज
-
गुजरातद्वारा मुम्बईसामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु