शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

अमेरिकामा ५ खर्ब डलर लगानी गर्ने एप्पलको प्रतिबद्धता

मङ्गलबार, १३ फागुन २०८१, २० : १२
मङ्गलबार, १३ फागुन २०८१

वाशिङटन डीसी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले अमेरिकामा ५ खर्ब डलरभन्दा धेरै लगानी गर्ने योजना बनाएको छ । आगामी चार वर्षमा यी लगानी गरिनेछ । 

टेक्ससको ह्युष्टनमा उन्नत उत्पादन कारखानाबाट लगानी सुरु गरिनेछ । यो कारखानामा २० हजार नयाँ रोजगारी सृजना गरिने अपेक्षा आफूले गरेको कम्पनीको भनाइ छ ।

अधिकांश जागिर अनुसन्धान र विकास, सफ्टवेयर र कृत्रिम बौद्धिकता (एआई)मा हुने भनिएको छ । लगानी कुन गतिमा हुन्छ भन्ने चाहिँ स्पष्ट भइसकेको छैन । यसमा खर्चदेखि एप्पल टिभी प्लसको उत्पादनसम्म सबै कुरा समेटिने कम्पनीले भनेको थियो । एप्पलका हाकिम टिम कुकले राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटेको केही दिनपछि यो घोषणा आएको हो । 

यो कम्पनीको अहिलेसम्मकै ठुलो खर्च प्रतिबद्धता भएको कम्पनीले बताएको छ । कारखाना २०२६ मा खुल्ने कम्पनीको भनाइ छ । कम्पनीले उत्तर क्यारोलिना, आईओवा, आरेगन, एरिजोना र नेभादामा पनि डेटा सेन्टरको क्षमता बढाउँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप