मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ

मङ्गलबार, १३ फागुन २०८१, १९ : ३७
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौँ । विद्युतीय सवारी किन्न अब कम मात्रै ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्तो सवारी साधन किन्दा दिइने ऋणको लोन टू भ्यालु रेसियो घटाएको हो । 

यसअघि बैंक तथा वित्तीय संस्थाले इलेक्ट्रिक सवारी साधन किन्न ८० प्रतिशतसम्म ऋण दिँदै आएको थिए । अहिले यसलाई राष्ट्र बैंकले ६० प्रतिशतमा झारेको हो ।

यस अनुसार अब इलेक्ट्रिक गाडी किन्न चाहने व्यक्तिले गाडीको मूल्यको ४० प्रतिशत रकम आफैँ व्यहोर्नु पर्नेछ । बाँकी ६० प्रतिशत मात्रै बैंकबाट ऋण पाइन्छ । राष्ट्र बैंकको यो नीतिले विद्युतीय सवारी साधनमा आकर्षण कम देखिने निश्चित भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप