मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरूद्वारा पशुपति दर्शन

मङ्गलबार, १३ फागुन २०८१, १९ : २५
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनको लागि नेपाल आएका पूर्व भारतीय सेनाध्यक्षले पशुपति दर्शन गरेका छन् ।

नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष आज दिउँसो नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ । जनरल जोगिन्दर जसवन्त सिंह (अ.प्रा.), जनरल दीपक कपुर (अ.प्रा.), जनरल (डा.) विजय कुमार सिंह (अ.प्रा.), जनरल दलवीर सिंह सुहाग (अ.प्रा.), जनरल (डा.) मनोज मुकुन्द नरवणे (राअ.प्रा.) र जनरल मनोज पाण्डे (अ.प्रा.) ले संयुक्त रूपमा पशुपति दर्शन गरेका हुन् ।

IMG-20250225-WA0160IMG-20250225-WA0161IMG-20250225-WA0163IMG-20250225-WA0164IMG-20250225-WA0165IMG-20250225-WA0166

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप