नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डोर्याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्ने बताएका छन् । मंगलबार महेन्द्रनारायण निधी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले मुलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन सकेमात्र व्यवस्थाप्रति जनताको भरोसा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको विकास र प्रगतिको लक्ष्य हासिल गर्न सकिने बताए । राजनीतिको केन्द्र जनतामा हुनुपर्ने उनको भनाइ छ । उनले राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुने गरी उनीहरूको घरदैलोमा पुर्याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
उनले भने, ‘राजनीतिको केन्द्र सबैको जनता हुनुपर्छ । त्यसका लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्छ । राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुनेगरी उनीहरूको घरदैलोमा पुर्याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विशेष ध्यान दिनुपर्छ ।’
राष्ट्रपति पौडेलले महेन्द्र नारायण निधीजस्ता नेताहरूको लोकतन्त्रप्रतिको निरन्तर संघर्ष, त्याग र निष्ठाले नै आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पिताम्बर’ को सिक्वेलमा जोडिन लागेका हुन् अनमोल ?
-
माओवादी र एकीकृत समाजवादीबिच वैचारिक मतभेद बढ्दै
-
‘झिल्को’ को ट्रेलरमा बालबालिकाको डिजिटल कुलतको कथा
-
रियल म्याड्रिडमै रहने भए भिनिसियस जुनियर
-
ओलीमा एक प्रकारले हतास मनस्थिति देखिएको छ : अग्नि सापकोटा
-
नेपालको राष्ट्रिय फल ‘सुन्तला’ ठुलो परिमाणमा आयात, १ अर्ब बाहिरियो