मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण

मङ्गलबार, १३ फागुन २०८१, १८ : ०५
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले ऐन संशोधनका लागि प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको ध्यानाकर्षण गराएको छ । केही नेपाल ऐन संशोधन गर्न विधेयक हाल विचाराधीन अवस्थामा रहेको जनाउँदै ऐन संशोधनका लागि समिति सभापति विमला सुवेदीको ध्यानाकर्षण गराएको हो । 

मञ्चका अध्यक्ष धनवल जैशी लगायतका प्रतिनिधिहरूले सभापति सुवेदीलाई भेटेर ध्यानाकर्षण गराएको छ । २०८० असारमा प्रतिनिधि सभामा प्रस्तुत भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक हाल विचाराधीन अवस्थामा छ । करिब ८० वटा ऐनका विभिन्न दफाहरूमा संशोधनका लागि पेस भएको विधेयकको दफा ४७ मा वैदेशिक रोजगार ऐन २०६४ का केही दफा संशोधनका विभिन्न संशोधन पेस गरिएको छ । तर, ऐन संशोधनका लागि हालसम्म प्रक्रिया अगाडि नबढेको भन्दै मञ्चले समिति सभापतिको ध्यानाकर्षण गराएको हो । 

केही नेपाल ऐनलाई संशोधन गर्न पेस भएको विधेयक प्रचलित नेपाल ऐनमा समसामयिक सुधारको उद्देश्यले संशोधन गर्न खोजिएको छ । तर, संशोधनका लागि पेस गरिएको व्यवस्था संसदबाट हुबहु पारित भई कार्यान्वयनमा आएको अवस्थामा वैदेशिक रोजगार व्यवसायीलाई अनावश्यक रूपमा गम्भीर आर्थिक क्षति हुने र जरिवाना तिर्न नसकेर वर्षौदेखि गर्दै आएको पेसा व्यवसायबाट ठुलो सङ्ख्यामा रहेका व्यवसायीले हात धुनुपर्ने अवस्था आउने मञ्चको दाबी छ । 

मञ्चले विधेयकमा भएका विभिन्न विषय संशोधन गरेर मात्रै संशोधन गर्नुपर्ने माग राखेको हो । 

gyapanpatra (3)gyapanpatra (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप