विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
मङ्गलबार, १३ फागुन २०८१, १७ : ५५

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा रहेका विकृति र विसंगतिलाई अन्त्य गर्न आध्यात्मिक जागरण आवश्यक रहेको बताएका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा आयोजित महाशिवरात्रि महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समाज परिवर्तनका लागि आध्यात्मिक जागरणको खाँचो रहेको औँल्याएका हुन ।
उनले समाजमा रहेका विकृति र विसंगति अन्त्य गर्नका लागि समाज परिवर्तनको आन्दोलनमा समर्पित हुन जरुरी रहेको बताए ।
उनले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले समाजमा सकारात्मक चिन्तन र दृष्टिकोण निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आध्यात्मिक जागरणको अभियानलाई अझ प्रवर्द्धन गर्नुपर्ने बताए । साथै, आफू बिरामी पर्दा संस्थाले साथ दिएकै कारण आत्मबल बढाउन प्रेरणा प्राप्त भएको र नयाँ जीवन पाएको अनुभव पनि उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होस्टेल ३’ ले ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान
-
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल
-
अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य
-
६३ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा