मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवको भारत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अमेरिका र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको भ्रमण स्वीकृति गरेको छ ।
त्यसैगरी बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र स्वास्थ्य मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गरेको हो । त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको अमेरिका भ्रमण स्वीकृत गर्दा योजना आयोगका सदस्य जयबहादुर टण्डनको थाइल्याण्ड भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
त्यसबाहेक मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गर्ने निर्णय गर्नुका साथै नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझालाई नियुक्त गरेको छ ।