स्वास्थ्य सचिव देवकोटा कि मिश्र भन्नेमा कांग्रेसमै दुई धार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव कसलाई बनाउने भन्नेमा कांग्रेसमै दुई धार देखिएको छ । स्वास्थ्य सचिव सिफारिस समितिले डा. विकास देवकोटा, डा.संगीता कौशल मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेपछि कांग्रेसभित्र त्यसमध्ये पनि मिश्र र देवकोटामध्ये कसलाई सचिव बनाउने भन्नेबारे दुई धार देखिएको हो । तीनै जना अहिले स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव छन् ।
सोमबार बसेको लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी, लोक सेवा आयोगका अध्यक्षले तोकेको आयोगको सदस्य, मुख्यसचिव एकनारायण अर्याल र विज्ञ पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्य सचिव रहेको बढुवा सिफारिस समितिको बैठकले डा. देवकोटा, डा. मिश्र र डा. बराकोटीको नाम सिफारिस गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल डा. देवकोटालाई सचिव बनाउन चाहन्छन् । उनी बाहेक कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू भने डा. मिश्रलाई सचिव बनाउन चाहन्छन् । डा. बराकोटी भने कम्युनिस्ट ब्याकग्राउण्डका भएकाले कांग्रेसको मन्त्री भएकाले सचिव हुने सम्भावना कमै रहेको निकटस्थ स्रोतले बतायो ।
सभापति देउवासहित कांग्रेसमा मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरू मिश्रका पक्षमा देखिएका हुन् । डा. सङ्गीता अतिरिक्त सचिवमा बढुवा हुँदा पहिला बढुवा भएकाले उनलाई सचिव बनाउनु पर्ने तर्क शीर्ष नेताहरूको छ । तर, मन्त्री पौडेल भने प्रदेशको सचिव भएको लामो समय मन्त्रालयमा काम गरेको र कार्यसम्पादन राम्रो भएकाले डा. देवकोटालाई सचिव बनाउँदा उपयुक्त हुने ब्रिफिङ नेताहरूलाई बताएका छन् ।
मिश्र २३ असार २०७९ अतिरिक्त सचिवमा बढुवा भएकी थिइन् भने डा. देवकोटा र डा. बराकोटी एकै दिन १३ चैत २०७९ मा बढुवा भएका थिए । अतिरिक्त सचिवमा बढुवाको आधार हेर्ने हो भने डा. देवकोटा र डा. बराकोटीभन्दा १० महिना सिनियर हुन् । डा. मिश्रले यही कारण देखाएर कांग्रेसका नेताहरूसँग आफू सचिव हुनुपर्ने बताउँदै आएकी थिइन् ।
अर्कोतर्फ सेवा प्रवेशका आधारमा हेर्ने हो भने डा. देवकोटा सबैभन्दा सिनियर हुन् । उनी २०५३ सालमा मेडिकल अधिकृतका रूपमा स्वास्थ्य सेवामा छिरेका थिए । डा. बराकोटी २०५६ सालमा र डा. मिश्र २०५७ सालमा मेडिकल अधिकृतका रूपमा स्वास्थ्य सेवामा प्रवेश गरेका थिए । डा. मिश्रले एक वर्ष जागिर गरेर राजीनामा दिएकी थिइन् । त्यसपछि डा. मिश्रले २०७० साल असोज १० गते स्वास्थ्य सेवाको ११ तहमा नाम निकालेर पुनः प्रवेश गरेकी थिइन् ।
अहिलेसम्म डा. देवकोटाले जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल, मन्त्रालयको महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिव भइसकेका छन् । उनी अहिले स्वास्थ्य सेवा विभागको महानिर्देशक छन् ।
मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देश भएका डा बाराकोटीले लामो समय मेची अस्पतालमा काम गरे । उनी १२औँ तहमा बढुवा भएपछि मन्त्रालयमा कार्यरत छन् ।
डा. मिश्र कोशी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको प्रमुख भएर काम गरेकी छन् । उनी केही समय स्वास्थ्य सेवा विभागको महानिर्देशक पनि भएकी थिइन् ।
डा. देवकोटा र डा. मिश्र कांग्रेस निकट चिकित्सक हुन् भने डा. बराकोटी कम्युनिस्ट धारका चिकित्सक हुन् ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलको १२ फागुनबाट अनिवार्य अवकाश भएपछि स्वास्थ्य सचिव रिक्त भएको हो ।
बढुवा सिफारिस समितिले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकनको आधारमा तीन जनाको नाम सिफारिस गरेको जनाएको छ ।
मन्त्रिपरिषद्ले तीन जना मध्यबाट एक जनालाई सचिवमा बढुवा गर्नेछ । कांग्रेस निकट स्रोत भन्छ, ‘डा. देवकोटा र डा. मिश्रमध्ये एक जना सचिवमा बढुवा हुन्छन् । दुबैको राजनीतिक लविइङ तिव्र छ । मन्त्रीले देवकोटालाई बोकेका छन्, नेता विशेष भन्दा पनि सिनियर नेताहरू मिश्रलाई बनाउन भन्दै हुनुहुन्छ । कस्को पल्ला भारी हुने हो यसै भन्न सकिन्न ।’
अहिलेसम्म स्वास्थ्य सचिव कसलाई बनाउने भन्नेमा कांग्रेस र एमालेबिच नै भागबन्डा भएको छैन । एमालेको भागमा परेमा भने डा. बराकोटी निर्विकल्प रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो । कम्युनिस्ट निकट र प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्ला झापाका भएकाले एमालेको भागमा परेमा डा. बराकोटी सचिव हुने सम्भावना प्रबल हुने स्रोतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना
-
किट विश्वविद्यालय फर्किन मानेनन् नेपाली विद्यार्थी, विकल्प खोज्दै सरकार
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
प्रेम विवाहको विवाद झडपमा परिणत, प्रहरीको गाडी जलाइयो