ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई फेरि वृद्धाश्रम भनेका छन् । सांसद शाहीको उक्त अभिव्यक्तिप्रति नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधि सभामा आम सञ्चार विधेयकमाथिको छलफलका क्रममा सांसद शाहीले राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयक अध्ययन नै नगरी आएकाले कमजोरी रहेको बताए ।
उनले वैदेशिक लगानी सम्बन्धी ऐनले आम सञ्चारमा वैदेशिक लगानी ल्याउन नपाउने प्रावधान रहेपनि विधेयकमा आम सञ्चारमा वैदेशिक लगानी हुन सक्नेगरी खुला राखेको भनेर प्रश्न उठाएका ‘यत्तिसम्म पनि अध्ययन गरेर आउँदै भने हामीले राष्ट्रिय सभालाई वृद्धाश्रम नभनेर के भन्ने ?’, शाहीको प्रश्न छ ।
शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र एमाले सांसद रघुजी पन्तले आपत्ति जनाए ।
संसदको रोष्ट्रममा बसेर राष्ट्रिय सभाबारे गरेको टिप्पणी गलत भएको भन्दै पाण्डेले संविधान र कानुन अनुसारको अभिव्यक्ति नरहेको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए ।
त्यसपछि नेकपा एमालेका सांसद रघुजी पन्तले सांसद शाहीको अभिव्यक्तिमा आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमेडियन सुन्दर खनाल : व्यक्ति एक, क्यारिकेचर अनेक
-
स्थानीय तहको अधिवेशनका लागि लोसपाले दोस्रोपटक थप्यो म्याद
-
अबरोध हटाउन सुदूरपश्चिमका गठबन्धन दलबीच छलफल
-
जब न्युजिल्यान्डविरुद्ध पाकिस्तानका १२ खेलाडीले ब्याटिङ गरे...
-
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट
-
उपभोक्ता संरक्षण विभागको बजार अनुगमन तीव्रः सात फर्म कारबाहीमा