मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड

मङ्गलबार, १३ फागुन २०८१, १६ : ३४
मङ्गलबार, १३ फागुन २०८१

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने चेतावनी दिएका छन् । 

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले आज जनताले पाएको अधिकार कसैको दयामायाले नभई जनताको संघर्षले प्राप्त गरेकाले यसमा आँखा नलगाउन चेतावनी दिएका हुन् । 

हिजो गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयलगाढा चढेर अमेरिका पुगिँदैन भनेर जनताको आन्दोलनलाई होच्याउनेहरूले अहिले जनताले पाएको अधिकारलाई माओवादी एजेन्डा देख्ने र कसरी खोस्न सकिन्छ भनेर लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्तो प्रवृत्तिका विरुद्ध जनताको एकताबद्ध तागतको बलमा अघि बढ्ने बताए।

अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर भएको उल्लेख गर्दै उनले काङ्ग्रेससँग मिल्दा कांग्रेस र एमालेसँग मिल्दा एमाले बलियो हुने तर माओवादी सँधै कमजोर हुने अवस्था अब आउन नदिने बताए। अध्यक्ष प्रचण्डले अब दलाल, बिचौलिया र भ्रष्ट दलहरूसँग होइन, उत्पीडित जनतासँग मिलेर समाजवादको यात्रामा अघि सङ्कल्पसहित जनतामा आएको बताए।

गिरिजाप्रसाद कोइराला र कुनै समय मदन भण्डारीको समेत निर्वाचन क्षेत्रमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता कोइराला र जनवादी क्रान्तिको तयारीमा आफूलाई समर्पित गर्ने भण्डारीको विशेष स्मरण गरेको बताए। अहिलेको सरकार दुवै व्यक्तित्वको सपना पूरा गर्नतिर भन्दा निश्चित दलालको चाहनामा अघि बढिरहेको बताए।

पहिलोपटक प्रधानमन्त्री हुँदा आफूले ३० हजारसम्मको कृषि ऋण मिनाहा गरेको, दोस्रोपटक प्रधानमन्त्री हुँदा राष्ट्रिय सहमति जुटाएर संविधान कार्यान्वयन गरेको, नेपाललाई लोडसेडिङमुक्त घोषणा गरेर उज्यालोको नयाँ युग सुरु गरिएको स्मरण गराउँदै उहाँले तेस्रोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा महाअभियान सुरु गरेको जानकारी गराए ।

सो अवसरमा अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गर्ने विभिन्न नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए । वडा नम्बर ९ बाट नेपाली काङ्ग्रेसका युवा व्यवसायी अविनाश बास्तोलासहित १६३ जना, वडा नम्बर १ बाट काङ्ग्रेसका पुराना नेता डा. नई मियाँ, दिलिप झा, एमालेका हरिप्रसाद काफ्लेसहित १३० जना, वडा नम्बर १० बाट एमालेका यदु भण्डारीसहित जना ४०, वडा नम्बर ८ का  एमालेका पासाङ तामाङसहित ७२ जना, वडा नम्बर ६ मा सुमन सुब्बासहित ५० जना, वडा नम्बर ४ बाट मिथुन ठाकुरसहित ११० जना , वडा नम्बर २ बाट मजेफुल मियाँसहित १०७ जना, वडा नम्बर ७ मा एमालेका वडा सहसचिव चुडामणि पौडेललसहित ४४  जना, वडा ५ बाट समाजवादी पार्टी निकट युवा सङ्घका पूर्व जिल्ला सचिव  दिपेन्द्रकुमार रायलगायत  २३ जनासहित रतुवाईबाट झन्डै आठ सय जना 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप