च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा मंगलबार अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच खेल हुनेछ । पाकिस्तानको रावलपिण्डीमा नेपाली समय अनुसार, दिउँसो १४ः४५ बजे खेल सुरु हुनुपर्ने थियो । तर, वर्षाका कारण समाचार तयार पार्दासम्म पनि खेल सुरु हुन सकेको छैन ।
खासमा, च्याम्पियन्स ट्रफीको इतिहासमा अस्ट्रेलियासँग वर्षाको निकै रमाइलो संयोग जोडिएको छ । च्याम्पियन्स ट्रफीको इतिहासमा वर्षाका कारण अस्ट्रेलियाको खेल प्रभावित भएको यो पाँचौपटक हो ।
सबैभन्दा पहिले सन् २००६ को च्याम्पियन्स ट्रफीमा अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको फाइनल खेल वर्षाका कारण प्रभावित भएको थियो । त्यसैले उक्त फाइनलमा ओभर घटाएर अस्ट्रेलियालाई जितका लागि नयाँ लक्ष्य दिइएको थियो । अस्ट्रेलियाले उक्त विश्वकपको फाइनल ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले जितेको थियो ।
यसैगरी, सन् २००९ को च्याम्पियन्स ट्रफीमा पनि अस्ट्रेलियाको एउटा खेल वर्षाका कारण रद्द भएको थियो । उक्त संस्करणमा अस्ट्रेलिया समूह ‘ए’ मा परेको थियो । समूहगत चरणमा अस्ट्रेलिया र भारतबिचको खेल वर्षाका कारण रद्द भएको थियो । यद्यपि, उक्त च्याम्पियन्स ट्रफीको उपाधि पनि अस्ट्रेलियाले नै जितेको थियो ।
यसैगरी, सन् २०१३ को आईसीसी च्याम्पियन्स ट्रफीमा पनि अस्ट्रेलियाको एउटा खेलमा वर्षा बाधक बनेको थियो । उक्त संस्करणमा अस्ट्रेलियन टोली समूहगत चरणबाटै बाहिरिएको थियो । अस्ट्रेलिया समूह ‘ए’ मा परेको थियो । समूहगत चरणमा अस्ट्रेलिया र न्युजिल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएको थियो ।
यसैगरी, सन् २०१७ को च्याम्पियन्स ट्रफीमा पनि अस्ट्रेलियाको दुईवटा खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेल पनि वर्षाबाट प्रभावित भएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा नतिजा निकालिएको थियो ।
सोही कारणले अस्ट्रेलिया समूहगत चरणबाटै बाहिरिएको थियो । उक्त संस्करणमा पनि अस्ट्रेलिया समूह ‘ए’ मै परेको थियो । पहिले अस्ट्रेलिया र न्युजिल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि अस्ट्रेलिया र बंगलादेशबिचको खेल पनि वर्षाका कारण रद्द भएको थियो । त्यसपछि अस्ट्रेलिया र इङ्ल्यान्डबिचको खेलमा पनि वर्षा बाधक बनेको थियो । तर, उक्त खेलमा ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा इङ्ल्यान्ड ४० रनले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चारदेशीय टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र कुवेत भिड्दै
-
बाँकेको पाँच स्थानीय तहमा छैनन् दमकल
-
गभारोले रित्तै सुपारीका बोट, उत्पादन र मूल्य दुवै घट्यो
-
संविधानको पूर्ण कार्यान्वयन हुन जरुरी छ : झक्कुप्रसाद सुवेदी
-
बागमतीमा प्रभावकारी बन्दै ‘विद्यालय नर्स’ कार्यक्रम
-
खानेपानी सञ्चित गर्न ट्याङ्की वितरण