काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान

बागलुङ । बागलुङकै उत्कृष्ट किसानका रूपमा परिचित बागलुङ नगरपालिका–९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा रु ६ लाखको काउली बिक्री गरेका छन् । २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा लागेका उनी अहिले बागलुङका सफल किसानका रूपमा परिचित छन् ।
उनले निजी, भाडा र बाँझो जग्गा गरी १८ रोपनी खेतबारीमा प्लास्टिक टनेल र टनेलबाहिर सिजन अनुसारका तरकारी उत्पादन गर्दै आएका छन् । पदम खत्रीले एग्रो फार्ममा मौसमी र बेमौसमी टमाटर, काउली, बन्दा, साग, सिमी र घिरौँलालगायत तरकारी फलाउँदै आएका छन् ।
उनले गत वर्ष एउटै काउली नौ किलोको र यस वर्ष १२ किलो सम्मको फलाएका थिए । उनी कृषि ज्ञान केन्द्रबाट पटक–पटक उत्कृष्ट किसानका रूपमा सम्मानित हुँदै आएका छन् । “निरन्तर मेहनत गरे सफलता पाइँदोरहेछ, अहिलेको सिजनमा मात्रै ६ लाखको काउली बजार पठाएँ, वर्षमा पाँच–छ लाखको त टमाटर नै बिक्री हुन्छ,” खत्रीले भने, “आठवटा प्लास्टिक टनेल र खन्य खुल्ला रूपमा तरकारी उत्पादन हुँदै आएको छ, यस वर्ष काउलीको मूल्य राम्रो भएकाले धेरै नाफा भयो ।”
विसं २०६६ मा एउटा प्लास्टिक टनेलबाट तरकारी खेती थालेका खत्री यस क्षेत्रकै सफल किसानका रूपमा परिचित हुन् ।
स्वदेशमा केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा लागेका खत्रीले वार्षिक रु १२ देखि १४ लाख आम्दानी गर्दै आएका छन् । “अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको थिएँ, ६ लाख आम्दानी त एक सिजको काउलीबाटै भयो, अहिले काउलीको बजार मूल्य रु १०० सम्म परेकाले राम्रो आम्दानी भयो,” उनले भने । तरकारी खेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा लिएर १८ रोपनी जग्गा पुर्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो’
-
नेपाल शिक्षक महासंघद्वारा भोलिदेखि शैक्षिक हडतालकाे घोषणा
-
घट्दो कोदो खेतीको अवस्थामा रक्सी ब्रान्डिङ कत्तिको सम्भव ?
-
अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते
-
शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गर्दै
-
अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार ‘गायब’, अल कायदाको हातमा परेको आशंका