उड्डयन प्राधिकरण सम्बन्धी विधेयक संसदमा पेस, सेवा प्रदायक र नियामक फरक बनाइने
मङ्गलबार, १३ फागुन २०८१, १५ : ५९

काठमाडौँ । सरकारले हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय फरक–फरक बनाउने गरी तयार गरेको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक–२०८१ प्रस्तुत गरेका हुन् ।
नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्रष्ट्रिय मापदण्ड अनुसारको बनाउन र हवाई सेवालाई भरपर्दो बनाउनका लागि विधेयक तयार गरिएको मन्त्री पाण्डले जानकारी दिए ।
यसअघि २०८१ पुस ५ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुबै विधेयकलाई संसदमा पेश गर्ने निर्णय निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अशान्त बन्यो शिक्षक आन्दोलन, तस्बिरहरू
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
शिक्षक आन्दोलनका क्रममा झडप
-
जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी र राष्ट्रवादीलाई महामन्त्री राणाको आह्वान
-
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
-
दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई म्याद थप गर्न अदालत लगिँदै