समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?

काठमाडौँ । लामो समय ‘तदर्थवाद’मा रहेका नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले फेरि पार्टीले तोकिदिएको समयसीमा गुजार्ने संकेत देखिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले १६ असोजमा तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्न पार्टीका तर्फबाट निर्देशन समिति बनाएका थिए ।
२६ मंसिरमा थप ८ महाधिवेशन सम्पन्न गर्न नसकेका भ्रातृ संस्थाको महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने गरी निर्देशन समिति बनाएका थिए । नेपाल दलित संघ, नेपाल किसान महासंघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल थारू संघ र नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन निर्देशन समिति बनेका थिए ।
देउवाले २०८१ चैत्र मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्न/गराउन विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्याई आवश्यक निर्देशनसमेत गर्नेगरी निर्देशन समिति बनाइएको पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी गराएको थियो ।
तर ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’लाई पार्टीले दिएको समय गुज्रिन साढे एक महिना मात्रै बाँकी रहँदासम्म कुनै पनि भ्रातृ संस्थाका तदर्थ समितिले महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अगाडि बढाएको देखिँदैन ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार यीमध्ये नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन सम्पन्न गरिसकेको छ भने भूपू सैनिक संघले यही फागुन २२, २३ र २४ गते पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन गर्ने मिति तय गरिसकेको छ ।
पार्टीले प्रत्येक संगठनका लागि केन्द्रीय समितिमा रहेका तीन नेतालाई समेटेर महाधिवेशन निर्देशन समिति बनाएको छ । एउटा नेतालाई संयोजक र दुई सदस्य रहेको महाधिवेशन निर्देशन समिति बनाइएको छ ।
तरुण दलको संयोजक सहमहामन्त्री महालक्ष्मी उपाध्याय, नेविसंघको संयोजक किशोरसिंह राठोर, महिला संघको संयोजक प्रवक्ता डा. प्रकाशशरण महत, नेपाल दलित संघको संयोजक जीवन परियार, नेपाल किसान महासंघको संयोजक केन्द्रीय सदस्य रमेश रिजाल, नेपाल भूतपूर्व सैनिक संघ संयोजक केन्द्रीय सदस्य एनपी साउद, नेपाल लोकतान्त्रिक खेलकुद संघको संयोजक मोहनबहादुर बस्नेत, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ संयोजक मधु आचार्य, नेपाल थारू संघ संयोजक केन्द्रीय सदस्य उदयशम्शेर राणा र नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन संयोजक केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार यीमध्ये नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन सम्पन्न गरिसकेको छ भने भूपू सैनिक संघले यही फागुन २२, २३ र २४ गते पार्टी केन्द्र्रीय कार्यालयमा महाधिवेशन गर्ने मिति तय गरिसकेको छ ।
‘निर्देशन समिति बनेका ८ भ्रातृ संस्थाको महाधिवेशन चैत मसान्तसम्म गर्न पार्टीले निर्देशन दिएको हो,’ सचिव शर्माले रातोपाटीसँग भने, ‘आन्तरिक तयारी भइरहेको जानकारी गराएका छन् । महाधिवेशन कहिले गर्ने भन्ने मिति यकिन भएको जानकारी पार्टी केन्द्रीय कार्यालयमा आएको छैन ।’
अझै २७ शाखाले फाराम नै लैजान बाँकी रहेकाले १७ दिनमा सबै जिल्लाले फारम भरेर केन्द्रमा पठाउने सम्भावना कम छ । यसले पार्टीले तोकेको समयभित्र अधिवेशन हुने सम्भावना कम देखिन्छ ।
मुख्य भ्रातृ संस्थामध्य तरुण दलले अहिलेसम्म महाधिवेशनका लागि आवश्यक पूर्णकालीन सदस्यता वितरणका लागि सबै जिल्लामा फाराम पुर्याउनसमेत सकेको छैन । ३० माघमा बसेको विद्वान् गुरुङ नेतृत्वको तरुण दल तदर्थ समितिको बैठकले पूर्णकालीन सदस्यता फारम जिल्ला–जिल्लामा पठाएर फागुन मसान्तसम्म केन्द्रमा रुजुका लागि पठाइसक्न निर्देशन दिने निर्णय गरेको थियो ।
केन्द्रीय समितिको निर्णयबमोजिम अध्यक्ष गुरुङले फागुन २ मा सबै जिल्लालाई परिपत्र गर्दै पूर्णकालीन फारमका वितरण गर्न निर्देशन दिए पनि अहिलेसम्म ७७ मध्ये ५० जिल्लाले मात्रै पूर्णकालीन सदस्यताको फाराम लगेका तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेललाई उद्धृत गर्दै केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले रातोपाटीलाई पठाएको सूचनामा उल्लेख छ ।
अझै २७ शाखाले फाराम नै लैजान बाँकी रहेकाले १७ दिनमा सबै जिल्लाले फारम भरेर केन्द्रमा पठाउने सम्भावना कम छ । यसले पार्टीले तोकेको समयभित्र अधिवेशन हुने सम्भावना कम देखिन्छ ।
अर्को मुख्य भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समितिले क्रियाशील र साधारण सदस्यता वितरणको काम नै अघि बढाउन सकिरहेको छैन । तदर्थ समिति अध्यक्ष दुजाङ शेर्पाले सदस्यता वितरणका लागि जिल्ला र क्याम्पसमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेका थिए । तर, अध्यक्ष शेर्पाले एकलौटी रूपमा प्रतिनिधि खटाएको भन्दै कांग्रेसको डा. शेखर कोइरालाले नेतृत्व गर्ने इतर समूहको नेविसंघमा प्रतिनिधित्व गर्ने प्रेमिका रानामगरले समानान्तर रूपमा प्रतिनिधि खटाएपछि अहिले सदस्यता वितरणको काम नै स्थगित छ ।
केही जिल्लामा सदस्यता फारम पुगे पनि अधिकांश जिल्लामा समानान्तर समिति र प्रतिनिधिका कारण पुग्न नसकेको तदर्थ समितिका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
नेपाल महिला संघमा पनि सबै जिल्लामा सदस्यता फारम पुग्न नसकेको निर्देशन समितिकी सदस्य कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले जानकारी दिइन् । ‘धेरै जिल्लामा सदस्यताको फारम पुगिसकेको छ । केही जिल्लाले पूरै लगेका छैनन्, केहीले कत्ति पनि लगेका छैनन्,’ भुसालले भनिन्, ‘सदस्यता वितरणको अवस्था के छ भनेर तदर्थ समितिमा रहेका दुई जनालाई एउटा जिल्लामा गरेर सबै जिल्लामा प्रतिनिधि खटाएका छौँ । उनीहरूलाई फागुन १५ गतेभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । त्यो प्रतिवेदन आएपछि कसरी अगाडि बढ्ने भन्ने निर्क्योल हुन्छ ।’
थारू संघ महाधिवेशन निर्देशनसमिति संयोजक कांग्रेस केन्द्रीय सदस्य उदय शमशेर राणाले तल्लो इकाइ वडा वडामा महाधिवेशन गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए । जबराले भने, ‘हामी पार्टीले दिएको समयमा महाधिवेशन सम्पन्न गर्ने प्रयासमा काम गरिरहेका छौँ ।’
बाँकी निर्देशन समिति बनेका संस्थाको महाधिवेशनका लागि आवश्यक पर्ने प्रक्रिया सुरु नभएको सम्बन्धित निर्देशन समितिका सदस्यहरूले जानकारी दिएका छन् । धेरैमा गुटगत समस्याका कारण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुस्ती’को छायाङ्कन सुरु
-
भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने
-
पश्चिम नवलपरासी झडप अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु
-
एन्टिबायोटिक औषधिको सेवन बिचमै छोड्नु घातक !
-
सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र सबै एउटै डुङ्गामा छौँ : अध्यक्ष ढकाल
-
बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘मौद्रिक नीतिको समीक्षा स्वाभाविक र अपेक्षित’