मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठक : भौतिक पूर्वाधारको काम समयमै सम्पन्न गर्न सांसदहरूको माग

मङ्गलबार, १३ फागुन २०८१, १५ : ३६
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौँ । सांसदहरूले भौतिक पूर्वाधारको काम समयमै सम्पन्न गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सडक, पुललगायत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न हुन सक्दा सर्वसाधारणलाई आवातजावत गर्न असहज भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद भगवती चौधरीले निर्माणाधीन सडक निर्माणको काम समयमा सम्पन्न गर्न र निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन आग्रह गरिन् । 

सांसद भानुभक्त जोशीले पनि सडक निर्माणको प्रगति राम्रो नदेखिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भौतिक पूर्वाधार निर्माण तथा सुधारको काम समयमा नै सुरु हुन नसकेको भन्दै आपत्ति जनाए ।

सांसद मनबहादुर गुरुङले पोखरा महानगरपालिकास्थित पृथ्वी राजमार्गका केही स्थानमा बाँकी रहेको राजमार्ग विस्तारको काम समयमा सम्पन्न गरी आवातजावतमा सहज गर्न माग गरे ।

सांसद बिजुला रायमाझीले विपद्मैत्री पूर्वाधार निर्माणमा जोड दिइन् । सांसद मनिष झाले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बत्ती जडानको कामबारे सरकारको ध्यानाकर्षण गराए । सांसद महेश बस्नेतले ‘इन्ड्राइभ’लगायतका सवारी एपलाई करको दायरामा ल्याउनुपर्ने बताए ।

सांसद माधव सापकोटाले गाँजाको औषधिजन्य व्यवसायका लागि कानुनी व्यवस्था मिलाउने गरी चालु आर्थिक वर्षको बजेटमा कार्यक्रम समावेश भए पनि कार्यान्वयन नभएकामा आपत्ति जनाए । “गाँजासम्बन्धी बजेटको नीति कहिले कार्यान्वयन हुन्छ ?” उनले प्रश्न गरे ।

सांसद मुक्ताकुमारी यादवले गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न सरकारसँग माग गरिन् । सांसद मेनकाकुमारी पोखरेलले व्यवस्थित औद्योगिक क्षेत्रको विकास आवश्यक रहेकामा जोड दिइन् । सांसद मेटमणि चौधरीले नेपाल आर्थिक सङ्कटमा फसिरहेको उल्लेख गर्दै सुधारका कदम तत्काल चाल्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रघुजी पन्तले भारतस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई ढुक्क भएर सुरक्षित वातावरणमा पढ्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए । सांसद रमा कोइराला पौडेलले भक्तपुरमा स्मार्ट सहरका नाममा सर्वसाधरणको जग्गा रोकिराखेको भन्दै स्मार्ट सिटी बनाउने कार्य तत्काल अघि बढाउन माग गरिन् ।

सांसद रामकुमार राईले खोटाङस्थित मध्यपहाडी राजमार्गको बोलपत्र रोकिएको, बाढीका कारण बगाएका पुल बन्न नसकेका भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद रुकमणी रानाले कृषि उपजको बजारीकरण सुनिश्चित हुनुपर्नेमा जोड दिइन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरु मैना कार्की,  रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराइली, रञ्जुकुमारी झा, राजेन्द्रकुमार केसी, रामकृष्ण यादव, रामशङ्खर यादव, रुपा सोसी (चौधरी), लक्ष्मी तिवारी, लालप्रसाद सावा लिम्बुलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप