ओली जोरपाटीमा, ४ जना पक्राउ
मङ्गलबार, १३ फागुन २०८१, १५ : ३६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार राजधानीको जोरपाटीमा पुगेका छन् ।
मेडिकल कलेजको नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटनका लागि उनी त्यहाँ पुगेका हुन् ।
उनी त्यहाँ पुग्दा विरोध गर्ने देखिएपछि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूले ओलीको विरोध गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले उनीहरूलाई होल्ड गरेर राखिएको बताए । नियन्त्रणमा परेकाहरूमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमाडोलको आगलागी नियन्त्रणमा
-
ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
-
नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत