नेप्सेमा आज पनि पुनर्बीमा कम्पनीकै दबदबा, कारोबार रकम घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक आज सामान्य अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ अंकमा पुगेको हो ।
आज बजारमा ९ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनभन्दा कम हो । अघिल्लो दिन १० अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज बजार बढ्नुमा पनि पुनर्बीमा कम्पनीको सेयर मूल्यमा देखिएको कारोबार मुख्य रहेको देखिन्छ । अन्य समूह अन्तर्गत रहेको नेपाल पुनर्बीमा कम्पनी प्रतिकित्ता ७७ रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स कम्पनी ३५ रुपैयाँले बढ्दा बजारमा बढेको हो ।
आज बजारमा १०४ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेको तथ्यांक छ ।
पुनर्बीमा कम्पनीको मूल्यकै कारण आज अन्य समूह सबैभन्दा बढी अर्थात् २.९० प्रतिशतले बढ्यो । व्यापारमूलक कम्पनी २.५१ प्रतिशतले घट्यो भने बाँकी समूहमध्ये ५ सूचकमा सामान्य वृद्धि र ६ सूचकमा सामान्य गिरावटको अवस्था रह्यो ।
बजारमा आज कारोबार रकम र संख्याको आधारमा हिमालयन रिइस्योरेन्स कम्पनी अगाडि रहँदा कारोबार भएको शेयर संख्याका आधारमा एचआईडीसीएल सबैभन्दा अग्र स्थानमा रहेको देखिएको छ ।
बजारमा आज गार्डियन माइक्रो लाइफको मूल्यमा सकारात्मक सर्किटसहित १० प्रतिशतको मूल्य वृद्धि हुँदा विन नेपालको लघुवित्तको ८.९७ प्रतिशत गिरावटसहित सबैभन्दा धेरै वृद्धि र गिरावट हुने कम्पनी बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै आदर्श जोकोभिचलाई हराउँदै ऐतिहासिक उपाधि चुमे ज्याकब मेनसिकले
-
झलनाथको आरोप: जलविद्युत योजनाको पीपीएबाट ८ अर्बको लेनदेन हुँदैछ
-
तीनकुने घटना आपराधिक हो: उपेन्द्र यादव
-
पश्चगमन र यथास्थिति अहिलेको समाधान होइनः विप्लव
-
मेरो जिब्रो सोझो छ, बोल्ने शैली सच्याउँछु : सञ्चारमन्त्री
-
हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य हुँदैन: पौडेल