सरकारले संसद्मा बलमिच्याइँ गर्न खोज्यो : सांसद शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले संसद्मा बलमिच्याइँ गर्न खोजेको आरोप लगाएकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले संसदीय समितिबाट पारित भएको विधेयक समेत मन्त्रीले संशोधन गरेको आरोप लगाएकी हुन् ।
उनले सरकारले संसद्मा विचाराधीन विधेयक समेत फिर्ता नलिई अध्यादेश जारी गरेको र मन्त्रीका होटेलहरूमा समितिको बैठक राख्ने गरेको बताइन् । उनले भनिन्, ‘संसदीय समितिबाट पारित विधेयक मन्त्रीबाट संशोधन हुन्छ । संसद्मा विचाराधीन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुन्छ, मन्त्रीका होटेलहरूमा समितिका बैठकहरू आयोजना गरिन्छन् ।’
उनले थपिन्, ‘प्रश्नोत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने मात्र होइन सभामुख महोदय प्रतिपक्षी दलका नेताहरूले सोधेका प्रश्नहरूको जवाफ सरकारले हैन पनि सत्तारुढ दलका सांसदहरूले दिनुहुन्छ । यस प्रकारको गतिविधि रोकिनुपर्छ । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्ले संसद्को अधिकार सदुपयोग गर्न पाउनुपर्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?
-
स्वास्थ्य सचिव देवकोटा कि मिश्र भन्नेमा कांग्रेसमै दुई धार