विरामीको मृत्युलाई लिएर नवलपरासीमा प्रहरी र स्थानीय बीच झडप आधा दर्जन घाइते (हेर्नुस तस्वीर)
परासी – नवलपरासीमा प्रहरी र स्थानिय जनताबीच झडप हुँदा आधा दर्जन बढि घाईते भएका छन् । जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा आक्रोसित स्थानियले अस्पतालमा तोडफोड र त्यहाँका कर्मचारीहरु माथि दुर्वयहार गर्न खोज्दा झडप भएको हो ।
प्रहरीसंगको झडमा परि रामग्राम नगरपालिका निवासी, भुवन ज्ञवाली, रामलाल राजभर, लक्ष्मण हरिजन, कनही यादव र ओलोक अग्रहरी लगायत घाईते भएका छन् । प्रहरीको लाठी चार्जले कसैको खुट्टा, कसैको टाउँको र कसैको हातमा चोट लागेको छ । घाईतेहरुको त्यही अस्पतालमा उपचार भैरहेको छ । साँझ ४ बजे अस्पतालमा बेहोस अवस्थामा ल्याइएको उपचारमा ढिलाई गरेको कारण मृत्यु भएको भन्दै स्थानीयको भिड आक्रोशित बन्न पुगेको थियो ।
मृतक रामगं्राम नगरपालिका वार्ड नं. १ सहुवा टिकरका २० वर्षिय रामु हरिजन हुन् । मृतक रामु घरमै बेहोस भएपछि अस्पताल ल्याइएको परिवारले जनाएको छ । तर, अस्पतालका कर्मचारी रामुको मृत्यु भइसकेको भन्दै पोष्टमार्टम गर्न तयारी गरिरहदा अस्पतालमा स्थानीयको आक्रोश र तनाव बढेको थियो । अस्पतालमा उपचारको ढिलाईले ढिलाईका कारण युवक रामुको मृत्यु भएको आरोप लगाउदै आक्रोसित भिडले अस्पतालको झयाल, ढोकामा तोडफोड गर्दै अस्पतालका कर्मचारी माथि दुव्र्यहार गर्न खोज्दा प्रहरी र भिडबिच झडप भएको हो ।
अस्पतालको सुपरिटेन्डेट डाक्टर नुरुलहोदाका अनुसार रामु अस्पतालमा ल्याउदा ल्याउदै बाटोमै मृत्यु भएको पुष्टि गरेका छन् दिउँसो ५ बजेदेखि भएको तनाव रातीको ९ बजेपछि मात्र साम्य पारिएको थियो । मृतक रामुको मृत्यु के कारणले हुन पुगेको हो भन्ने कुरा पोष्टमार्टम पछि मात्र थाहा लाग्ने अस्पतालले जनाएको छ । विरामी करेन्ट लागेर हो कि सर्पले टोकेको भन्ने
विषयमा समेत परिबार दुविधामा छन् पोष्टमार्टमपछि नै निष्कर्ष आउने र त्यही अनुसार अघि बढ्ने परिबार र अस्पताल बीच सहमति भएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानमा चित्त नबुझेको कुरा विधि प्रकिया पूरा गरेर संशोधन गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
-
न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो