ओली सरकार राजतन्त्र फर्काउने बाटोमा लागेको नेकपा बहुमतको आरोप

काठमाडौँ । वर्तमान ओली सरकार राजतन्त्र फर्काउने बाटोमा लागेको नेकपा(बहुमत)ले आरोप लगाएको छ । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रष्टाचार र बेथितिका विरुद्धमा देशव्यापी ६ महिने जन–संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
पार्टीको नवौँ महाधिवेशन तथा केन्द्रीय समितिका निर्णयहरू सार्वजनिक गर्दै पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले काँग्रेस–एमाले घुमाउरो तरिकाले पश्चगमनको तयारीमा लागिरहेको आरोप लगाए ।
बास्तोलाले ताप्लेजुङको पाथीभरामा जनताको जमिन खोसेर एकाधिकार पुँजीपतिको नीजिकरण गरी माफियाको सम्पत्तिमा रूपान्तरण गर्ने योजना रहेको र जनतामाथि सरकारी दमनको पनि भर्त्सना गरे ।
सो पार्टीका स्थायी समिति सदस्य गुणराज लोहनीले बैठकका निर्णयहरू सार्वजनिक गर्दै “दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्था अन्त्य गरौँ ! समाजवादी गणतन्त्र स्थापनाको बाटोमा अघि बढौँ” भन्ने नारा सहित “भ्रष्ट, दलाल पुँजीवादी व्यवस्था विरुद्ध ६ महिने जनसंघर्ष अभियान” सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । विभिन्न परियोजनासहित एमसीसी परियोजना खारेज गरेर देशलाई आत्मनिर्भर बनाउन संघर्ष गर्नुपरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?